ललितपुर महानगरले म्ह पूजाको आगलागीमा मृत्यु भएका परिवारलाई १० लाख सहयोग दिने

काठमाडौँ । ललितपुर महानगरपालिकाले मंगलबजारस्थित नःबहाल चक्रबहीलमा म्ह पूजाको दिन आगलागीमा परि मृत्यु तथा घाइते भएकाको परिवारलाई १० लाख दिने निर्णय गरेको छ।

ललितपुर महानगरपालिका–१२ स्थित मंगलबजार, चक्रबहीको घरमा गत कात्तिक १९ गत आगलागी भएको थियो। दियोबाट सल्केको आगोले ग्यास सिलिन्डर पड्किँदा म्ह पूजा मनाइरहेका एकै घरका चारको मृत्यु, दुई घाइते महानगरीय विपद् व्यवस्थापन समितिको बुधबार बसेको बैठकले प्रभावित परिवारलाई राहतस्वरूप १० लाख दिने निर्णय गरेको हो। यसैगरी, बैठकले आगलागीमा परेर घाइते भएका सबैको औषधि उपचारको खर्चसमेत महानगरले नै बेहोर्ने निर्णय गरेको छ।

आगलागीमा परेको उक्त घर पुनर्निर्माणका लागि नक्सा पास गर्न लाग्ने राजश्व छुट दिने निर्णयसमेत उक्त बैठकले गरेको महानगरका प्रमुख चिरीबाबु महर्जनले बताउनुभयो । त्यो क्षति अपुरणीय हो, त्यसमा हामीले सहयोग गरेर घाउमा मल्हम मात्रै लगाउन खोजेका हौं,’ महानगर प्रमुख महर्जनले भन्नुभयो। यो सहयोगले अग्नी पीडित परिवारलाई केही राहत पुग्ने नगरप्रमुख महर्जनले भन्नुभयो । आगलागीमा परेर चार जनाले ज्यान गुमाएका थिए। नःबहाल चक्रबहीलका लक्ष्मीकृष्ण ताम्राकारको घरमा आगलागी भएको थियो।

प्रहरीले सर्जमिन गरी उठाएको मुचुल्का अनुसार आगलागीमा करिब २० लाखको क्षति भएको अनुमान गरेको थियो। महानगर वडा नं १२ का वडा अध्यक्ष नारायणलाल अवालेले वडास्तरीय विपद् व्यवस्थापन समितिले घटना लगत्तै एक लाख सहयोग गरेको बताउनुभयो । उहाँले घरबारविहीन भएकालाई महानगर र वडाले गरेको सहयोग महल्म भएको बताउनुभयो। म्ह पूजाको दिन झ्यालमा बालेर राखेको दियोको आगोल झ्यालको पर्दा टिपेर सल्किएको आगो भान्सामा पुगेपछि ग्याँस पड्किएको थियो।

मृत्यु हुनेमा ६७ वर्षीय लक्ष्मीकृष्ण, उनकी ३५ वर्षीया छोरी अन्जना, ३५ वर्षकी बुहारी रचना र १० वर्षका नाति निर्जल छन्। पाटन अस्पतालमा उपचारका लागि लगिएका लक्ष्मीकृष्णका ४२ वर्षीय छोरा निरज ताम्राकार केही दिनको उपचारपछि घर फर्किए । ३२ वर्षकी कान्छी छोरी सिर्जना ताम्राकार हालसम्म पनि उपचारकै क्रममा छन्। प्रहरीका अनुसार घटना हुँदा घरमा १० जना थिए। सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार