आर्थिक वृद्धिदर ७ प्रतिशत नै हुन्छ, विकास खर्चको रफ्तारमा बढ्छ : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर ७ प्रतिशत नै हासिल गर्न सकिने बताउनुभएको छ । विभिन्न समस्याका कारण आर्थिक वृद्धिको लक्ष्य भेट्न मुश्किल पर्ने अन्य क्षेत्रबाट अनेमानहरु भइरहे पनि अब त्यस्तो समस्या नहुने र ७ प्रतिशतको लक्ष्य भेटिने अर्थमन्त्री शर्माले बताउनुभयो ।

बिहीबार प्रतिनिधि सभाको अर्थ समिति बैठकमा बोल्दै अर्थमन्त्री शर्माले ‘क्लाइमेट चेञ्ज’ ले धेरै चुनौती दिएको बताउनुभयो । बेमौसमी वर्षाका कारण खर्बौंको क्षति भएको भन्दै उनले यी चुनौतीका बावजुद आर्थिक वृद्धिदरको लक्ष्य भेटिने बताउनुभयो। अहिले बैंकिङ क्षेत्रमा १६ अर्बमात्रै लगानी योग्य रकम (तरलता) रहेको भन्दै उनले तरलता समस्या भने रहेको बताउनुभयो ।

चालु आर्थिक वर्षमा मात्रै २३ खर्ब ८६ अर्ब राष्ट्र बैंकले तरलता प्रवाह गरेको भए पनि समस्या समाधान भइनसकेको बताउनुभयो । यसमा पुँजीगत खर्च नहुनु पनि एउटा कमजोरी भएको बताए । तर, समग्रमा सरकारी खर्च गत वर्षको भन्दा २ प्रतिशतले बढी रहेको बताउनुभयो । सरकार परिवर्तनपछि अर्थमन्त्री शर्माले प्रतिस्थापन विधेयकमार्फत नयाँ बजेट ल्याएउनुभएको थियो।

प्रतिस्थापन बजेट ल्याउने प्रक्रिया, नीतिगत प्रक्रिया लगायतमा समय लागेका कारण खर्च हुन केही ढिलाइ भएको उहाँले बताउनुभयो । तर अब रफ्तारमा पुँजीगत खर्च हुने अर्थमन्त्रीको दावी छ । ‘नीतिगत प्रक्रियाहरु, प्रतिस्थापन विधेयक पारित लगायतले केही ढिलाइ भयो, अब ढिलो हुँदैन पुँजीगत खर्च रफ्तारमा हुन्छ’ अर्थमन्त्री शर्माले भन्नुभयो । राष्ट्र बैंकले गैर आवासीय नेपालीले डलरमा बचत खाता खोल्न पाउने व्यवस्था गरेको भन्दै यसले मुलुकको अर्थतन्त्रमा सकारात्मक असर गर्ने बताउनुभयो । अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार