हिलापोखरीका एक नवजात शिशूको उपचारका लागि आर्थिक अभाव

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–७ हिलापोखरीका एक नवजात शिशूको उपचारका लागि आर्थिक अभाव भएको छ । यही मंसिर १५ गते टकमाया परियारको कोखबाट जन्मिएका बच्चाको मुटु र मृगौलामा समस्या देखिएपछि उपचारका लागि काठमाडौँको शिक्षण अस्पतालमा लगिएको छ ।

नौ महिना पुग्नु भन्दा एक महिना अघि जन्मिएको बच्चाको तौल एक किलो आठ सय ग्राम थियो । टकमायाले ताकम स्वास्थ्य चौकीमा बच्चा जन्माउनुभएको थियो । जन्मने बित्तिकै स्वास्थ्य समस्या देखिएपछि पोखराका अस्पतालमा लगिएको थियो तर पोखरामा डाक्टरले उपचार हुन नसक्ने बताएपछि काठमाडौँको शिक्षण अस्पताल लगिएको हो ।

बच्चाका बुवा प्रशान्त परियारले छोरीको उपचारका लागि आर्थिक अभाव भएको बताउनुभयो । उक्त बच्चा टकमाया र प्रशान्तको दोस्रो सन्तान हो । बच्चालाई आइसियुमा राखेर उपचार भइरहेको छ र आर्थिक अभाव भएको कारण परिवारका सदस्यहरु थप उपचारका लागि खर्च जुटाउन सहयोगीको खोजिमा भौतारिरहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार