ओमिक्रोनका कारण बेलायतमा १२ जनाको मृत्यु

काठमाडौँ । बेलायतमा कोभिडको नयाँ भेरियन्ट ‘ओमिक्रोन’बाट हालसम्म १२ जनाको मृत्यु भएको छ । तीव्र रुपमा फैलिएको ओमिक्रोनबाट उनीहरुको मृत्यु भएको उपप्रधानमन्त्री डोमिनिक राबले पुष्टि गर्नुभएको छ ।

अहिले ओमिक्रोनबाट संक्रमित १०४ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको उहाँले जानकारी दिनुभयो । पछिल्लो समय बेलायतमा ठुलो संख्यामा दैनिक संक्रमित भेटिएका छन् । बेलायतमा यो साता दैनिक ९० हजारसम्म संक्रमित भेटिएका छन् ।

यो संख्या बेलायतमा देखिएको हालसम्मकै उच्च संख्या हो । विज्ञहरुले दैनिक संक्रमितहरुको संख्या अझै बढ्ने चेतावनी दिएका छन् ।नोभेम्बरको अन्तिममा दक्षिण अफ्रिकामा देखिएको ओमिक्रोन अहिले विश्वका ८९ देशहरुमा फैलिएको छ । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार