राप्रपालाई जनताको पार्टी बनाउन नेतृत्व फेरियोः महामन्त्री राणा

दाङ । राप्रपाका महामन्त्री धवल शमशेर राणाले राप्रपालाई जनताको पार्टी बनाउनका लागि कमल थापाको बहिमर्गन गरिएको बताउनुभएको छ। अहिले सम्म राप्रपा नेताको मात्रै पार्टी भएको भन्दै राणाले जनताको पार्टी बनाउनका लागि नेतृत्व परिवर्तन गरिएको बताउनुभयो।

दाङ तुलसीपुरमा आयोजित सभामा बोल्दै राणाले भन्नुभयो, ‘राप्रपालाई जनताको पार्टी बनाउनका लागि नेतृत्व परिवर्तन गरिएको हो, अहिले राप्रपा जनताको पार्टी बनेको छ।’ राप्रपाको मुलुकका लागि सोच्ने शैली अब फेरिएको भन्दै राणााले यसअघि नेताको खल्तीबाट नेता बनाउने परिपाटीको अन्त्य भएको उहाँको भनाई छ। ‘राप्रपाका कार्यकर्ता तथा नेताहरु सीमित नेताका खल्तीबाट जन्माईए,’ उहाँले भन्नुभयो, ‘यो परिपाटीको अन्त्य गरिएको छ, राप्रपाको सोच्ने शैली अब फेरिएको छ।’

यसैगरि उनले मुलुकमा हिन्दु राष्ट्र कायम गर्न र राजसंस्था फिर्ताका लागि राप्रपाका अगाडि दुई विकल्प रहेको बताउनुभयो। ‘एउटा यि दुई मुद्दा स्थापित गर्न नागरिक आन्दोलनको जरुरी हामीले देखेका छौँ,’ उहाँले भन्नुभयो, ‘अर्को भनेको निर्वाचन हो।’ उहाँले राजसंस्था फिर्ताका लागि र हिन्दु राष्ट्र कायम गर्नका लागि राप्रपाले देशव्यापी आन्दोलन गर्न सक्ने भन्दै उक्त आन्दोलनमा सहभागी हुन आम नेपालीहरुलाई सहभागी हुन आग्रह गर्नुभयो। यसैगरि आगामी निर्वाचनमा राप्रपाको जीत सुनिश्चित गरेर यि दुई मुद्दालाई मुलुकमा स्थापित गर्न सकिने बताउनुभयो।nagariknews.nagariknetwork

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार