बढी शुल्क लिनेमाथि कारबाही हुन्छ : शिक्षामन्त्री पौडेल

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल बिहीबार भक्तपुरस्थित काठमाडौँ मेडिकल कलेज (केएमसी)को अनुगमनका लागि पुग्नुभएको छ । बिहीबार बिहान भक्तपुरको दुवाकोटमा रहेको केएमसी कलेजको अनुगमनका लागि प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मासहित पुग्नुभएको थियो ।

त्यसक्रममा शिक्षामन्त्रीले केएमसीको शुल्क विवादबारे जानकारी लिनुभएको थियो । मन्त्री पौडेलले कलेजका प्रधानाध्यापक रविन्द्र श्रेष्ठलाई भेटी अतिरिक्त शुल्कका बारेमा सोधपुछ जानुभएको थियो । प्रधानाध्यापक श्रेष्ठले आफूहरुले चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा बढी शुल्क नलिएको मन्त्रीसमक्ष दाबी गर्नुभयो ।

‘विद्यार्थीको कम्प्लेन चाहिँ चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा बढी भयो भन्ने गुनासो सार्वजनिक रुपमा र मन्त्रालयमा पनि आएको छ । तोकिएको भन्दा बढी लिएको भन्ने आएकाले त्यसो भएको हो कि होइन रु तोकिएको भन्दा बढी नलिने प्रष्ट रुपमा ऐनमा व्यवस्था छ,’ मन्त्री पौडेलले श्रेष्ठसँग भन्नुभयो ।त्यसक्रममा श्रेष्ठले आफूहरुले बढी पैसा नलिएको र चिकित्सा शिक्षा आयोगका कारण समस्या आएको दाबी गर्नुभयो । “आयोगबाटै समस्या छ । ट्युसन फीभित्रै परीक्षा शुल्क पर्छ भनेर पत्र आयोगले लेखेपछि समस्या भएको हो,’ उहाँले भन्नुभयो।

मन्त्री पौडेलले दुवै पक्षलाई फीसम्बन्धी कागजात अध्ययन गरी भोलि बिहान १० बजेसम्म मन्त्रालयलाई रिपोर्ट बुझाउन प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिनुभएको छ। उहाँले भन्नुभयो,’हामीले बढी शुल्क लिएको प्रमाण भेटायौँ भने हामी ऐनअनुसार कारबाही गर्छौँ ।’ केएमसीले अतिरिक्त शुल्क लिएको विरोधमा विद्यार्थीहरुले बुधबारदेखि प्रदर्शन थालेका छन् । अनेरास्ववियू, नेविसंघ र अखिल क्रान्तिकारीलगायत विद्यार्थी र अभिभावकले प्रदर्शन गरिरहेका छन् ।उता गृह मन्त्रालयले अतिरिक्त शुल्क माग्ने कलेजलाई कारबाही गर्न प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएको छ । नागरिक खबरको सहयोगमा

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार