लोकदिप सहकारीले साढे १४ करोड लगानी

बेनी । म्याग्दीको सदरमुकाम बेनीमा रहेको लोकदिप बचत तथा ऋण सहकारी संस्थाले करिब साढे १४ करोड लगानी गरेको छ । शनिबार बेनीमा सम्पन्न भएको आठौ बार्षिक साधारणसभामा १ करोड ४२ लाख ८२ हजार शेयर पुँजी रहेको सहकारीले विभिन्न शिर्षकमा १४ करोड ४० लाख लगानी गदैं १४ करोड ३५ लाख निक्षेप संकलन गरेको छ । सहकारीको विभिन्न कोषहरूमा ४२ लाख ७० हजार छ ।

सहकारीले २०७७ ÷०७८ मा १६ करोड ४३ लाख ३१ हजार ११५ बराबरको कारोबार गरेको सहकारीका प्रबन्धक नेत्रराज सुबेदीले जानकारी दिनुभयो । साधारणसभाको उद्घाटन गदैं सहकारीका ज्येष्ठ सेयर सदस्य पुस्कल बहादुर जोशीले बचत तथा ऋण कारोबारसँगै सेयर सदस्यहरुलाई प्रोत्साहन गर्ने कार्यहरु समेत सञ्चालन गर्न अनुरोध गर्नुभएको थियो ।

उहाँले अब कृषि, पशुपालन तथा अन्य उत्पादनमुखी क्षेत्रमा लगानी गर्दा आर्थिक अवस्था कमजोर भएकाले लगानीमा प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो । साधारणसभाले सचिब ओमप्रसाद शर्माको प्रगति, कोषाध्यक्ष देबेन्द्र पौडेलको आर्थिक, लेखा समिति सदस्य लक्ष्मण शर्माको लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । ७५० जना शेयर सदस्य रहेको सहकारीमा उत्कृष्ट कारोबार गर्ने गंगे दर्जी र तेजबहादुर भण्डारीलाई दोसल्ला सम्मानपत्र करुवा तथा उत्कृष्ट कर्मचारी संगिताकुमारी सुबेदी सापकोटालाई सम्मानपत्र र दोसल्ला, नगद सहित सम्मान गरिएको थियो ।

साधारणसभामा शिक्षा उपसमिति संयोजक खोमराज उपाध्याय र शेयर सदस्य प्रेम नेपालीले सहकारीमार्फत प्राप्त सेवाबाट सन्तुष्ट रहेको बताउँदै थप कार्य क्षेत्र विस्तार गरी सेवा विस्तारमा जोड दिनुभयो । उपाध्यक्ष प्रमिला जोशी श्रेष्ठको स्वागत, सचिब ओमप्रसाद शर्माको सञ्चालन गरेको सहकारीको समापन गदैं अध्यक्ष हरिकृष्ण शर्मा गौतमले पुँजी बृद्धि, सहकारीमैत्री अनुभव आदानप्रदान सहित सम्मानजनक मर्ज, कार्यक्षेत्र विस्तार र सेयर सदस्य प्रोत्साहनका कार्यहरु उच्च प्राथमिकतामा रहेको बताउनुभयो । सहकारीले खुत्रुको बचत, पेन्सन बचत, सेयर सदस्य नियमित बचत, लखपती बचत करुवा सहित विभिन्न बचत योजनाहरु समेत सञ्चालन गरिरहेको छ ।

 

 

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार