आर्थिक वृद्धिदर सात प्रतिशत पुर्‍याउन चुनौती छ : गभर्नर अधिकारी

काठमाडौं । चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर र मूल्यवृद्धि तोकिएको लक्ष्यभित्र राख्न चुनौती देखिएको नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बताउनुभएको छ ।

आइतबार लेखा समितिमा वर्तमान आर्थिक अवस्थाबारे धारणा राख्दै उहाँले यो वर्ष तोकिएको सात प्रतिशतको नजिक पुग्न समेत चुनौती थपिएको बताउनुभयो। खासगरी धान उत्पादनमा आएको कमी र सेवा क्षेत्रमा निरन्तर परिरहेको कोरोनाको प्रभावले यस्तो चुनौती थपिएको उहाँको भनाइ छ ।

मूल्यवृद्धिलाई चालु आर्थिक वर्षमा ६.५ प्रतिशत भित्र राख्ने लक्ष्य कायम राख्न समेत चुनौती थपिएको उहाँले बताउनुभयो । यसमा आन्तरिक तथा बाह्य दुबै कारण रहेको उहाँले बताउनुभयो । यो साताबाट तरलता केही सहज बनेको उहाँले बताउनुभयो । अर्थतन्त्रमा चुनौती भने बाह्य क्षेत्रको चाप रहेको भन्दै यसलाई बढ्दो आयात मुख्य कारण रहेको उहाँले बताउनुभयो। अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार