जिल्ला प्रहरी कार्यालयमा थुनुवा भेटघाट र बैठक कक्ष निर्माण,प्रजिअ रानाद्धारा उद्घाटन (तस्बिरहरु)

बेनी । जिल्ला प्रहरी कार्यालय म्याग्दीमा थुनुवा भेटघाट र बैठक कक्ष निर्माण भएको छ । आन्तरिक स्रोत ,बेनी नगरपालिका वडा नम्बर ७ को कार्यालय र दाताहरुको सहयोगमा स्थापना भएको दुवै कक्षको शनिबार एक कार्यक्रमका विच प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले उद्घाटन गर्नुभयो ।

थुनुवालाई भेट्न आउनेहरुलाई सहज होस् भन्ने उद्धेश्यले हिरासत अगाडी थुनुवा भेटघाट कक्ष बनाइएको प्रहरी निरिक्षक विरेन्द्रराज गुरुङले बताउनुभयो । झरीमा छाता ओड्नुपर्ने र गर्मिमा घामले पोल्ने समस्या हटेको छ । आन्तरिक बैठक सञ्चालनका लागि ब्यारेकको तला थपेर सभाहल बनाइएको प्रहरी नायव उपरिक्षक श्यामकुमार राईले बताउनुभयो ।

सभाहललाई बैठकका अतिरिक्त आवासमा पनि प्रयोग गर्न सकिने उहाँले बताउनुभयो । प्रजिअ रानाले बैठक सभाहल र थुनुवा भेटघाट कक्ष स्थापना गरेर प्रशंसनिय काम गरेको बताउनुभयो ।उहाँले प्रहरी कर्मचारीको क्षमथा अभिबृद्धी ,योजना निर्माण र थुनुवा भेटघाटका लागि आउने सेवागा्रहीलाई नयाँ बनेको पुर्वाधार कक्षले सहज हुने बताउनुभयो । नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन पुर्वाधार बनाउन सघाएको बताउनुभयो । प्रनाउ राईको अध्यक्षता ,प्रहरी निरिक्षक गुरुङको स्वागत र प्रहरी सहायक निरिक्षक दुर्गाप्रसाद अधिकारीको सञ्चालनमा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका सचिव सन्तोष गौतमले पनि मन्तव्य राख्नुभएको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार