अन्नपुर्ण गाउँपालिका–८मा तरुणदल र महिला संघ तथा बेनपा–९मा मगर संघ गठन

धनिलाल गर्बुजा
नाङ्गी । म्याग्दीको अन्नपुर्ण गाउँपालिका वडा नम्बर ८ मा नेपाली कांग्रेस निकट नेपाल महिला संघ गठन र भातृ संगठन नेपाल तरुणदल पुर्नगठन गरिएको छ । शुक्रबार नाङ्गीमा आयोजित पुर्नगठन तथा कार्यकर्ता भेटघाट कार्यक्रममा आशिष पुनको अध्यक्षतामा तरुणदल वडा इकाई पुर्नगठन र कुमारी गर्बुजाको अध्यक्षतामा महिला संघ गठन गरिएको हो । तरुणदलको उपाध्यक्षमा राजु फगामी,सचिवमा प्रकाश पुर्जा,सहसचिवमा लक्षमण खोरजा ,कोषाध्यक्षमा बबिता पुर्जा लगायत २९ सदस्य कार्यसमिति पुर्नगठन गरिएको कांग्रेस म्याग्दीका सचिव हिराबहादुर पुनले जानकारी दिनुभयो ।

उहाँका अनुसार,महिला संघको उपाध्यक्षमा कुलमाया चोचाङ्गी ,सचिवमा सिमा पुन ,सहसचिवमा बिमला पुर्जा र कोषध्यक्षमा ज्ञानमाया लगायत १४ सदस्यीय महिला संघ गठन गरिएको छ । कार्यक्रममा नेपाली कांग्रेस म्याग्दीमा सभापति खमबहादुर गर्बुजा ‘खम्बिर’ले म्याग्दीका सबै वडाका हरेक टोलमा संगठन विस्तार अभियान संचालन भएको बताउनुभयो । उहाँले पार्टीलाई थप बलियो बनाउन कार्यकर्ताको भुमिका महत्वपुर्ण हुने बताउँदै टोल स्तरमा संगठनलाई क्रियाशिल बनाउन निर्देशन दिनुभयो । युवाहरुलाई स्वरोजगार बनाउन कांग्रेसको गरिखाने अभियान संचालन भइरहेको जानकारी दिँदै आवद्ध हुन आग्रह गर्नुभयो ।

कार्यक्रममा जिल्ला सचिव पुन ,महाधिवेशन प्रतिनिधि तथा नेता चिरञ्जिवी शर्मा ,कांग्रेस प्रदेश सभा क्षेत्रीय कार्यसमिति ‘क’ का सभापति ओम छन्त्याल,कांग्रेस अन्नपुर्ण गाउँपालिका सभापति क्याप्टेन बलबहादुर तिलिजा, जिल्ला सदस्य ललिता पुन,तरुणदल अन्नपुर्ण गाउँपालिका अध्यक्ष गोबिन्द पुन ,ज्ञानमाया पुन लगायतले बोल्नुभएको थियो । वडा इकाई सभापति गमबहादुर पुर्जाको सभापतित्व ,निवर्तमान जिल्ला सदस्य रबि गर्बुजाको सञ्चालन र वडा इकाई उपसभापति राजु फगामीको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।

यसैगरी शनिबार बेनी नगरपालिका वडा नम्बर ९ मा नेपाल राष्ट्रिय मगर संघ वडा इकाई गठन गरिएको छ । अध्यक्षमा भुमिराज गर्बुजा,उपाध्यक्षमा नन्दकुमार पुन र याम पुर्जा ,सचिव बचन पुन चयन हुनुभएको छ । भने सदस्यहरुमा राजकुमार शेरपुञ्जा ,गिताप्रसाद तिलिजा ,पविन गर्बुजा,राजन पुर्जा ,गड्क गर्बुजा र दिप्पन पुर्जा चयन हुनुभएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार