गण्डकीमा गाडी भाडा बृद्धी, फागुन १ देखि लागु हुने

गण्डकी सरकारले प्रदेश भित्र चल्ने सार्वजनिक सवारी साधन र ट्याक्सीको नयाँ भाडादर बृद्धी गरेको छ । फागुन १ गतेदेखि लागू हुने गरी नयाँ भाडा डर बृद्धी गरियको हो ।

भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात मन्त्रालयले यसअघि नै प्रदेशमा २३ प्रतिशतसम्म भाडा समायोजन गर्ने निर्णय गरिकसकेको थियो । लामो दूरीको बसमा २३.५१ प्रतिशत र नगर बसमा २२.५५ प्रतिशत, ट्रकमा १४.५७ र जिपमा ५.५० प्रतिशत भाडा वृद्धि गरिएको थियो ।

तर, भाडा दर तोकिएको थिएन । माघ २७ गते राजपत्रमा सूचना प्रकाशन गरेर गण्डकी सरकारले सिटी बसमा पहलिो विन्दु (३ किमिसम्म) २० रुपैयाँ र त्यसपछि प्रतिकिमि २.५० रुपैयाा कामय गरेको छ ।

२० किमिभन्दा लामो रुटमा चल्ने सिटी बसले पनि २.५० रुपैया प्रतिकिमिका दरले भाडा लिन पाउनेछन् । प्रदेशभित्र चल्ने बस प्रतिकिमि ३.१० रुपैयाँ कायम भएको छ । पक्की बाटोमा चल्ने जीपले प्रतिकिलोमिटरमा ५.५० रुपैयाँ भाडा हिसाव गरेर लिन पाउनेछन् ।

ट्रकहरुले प्रति किमि प्रति टन ११.७२ रुपैयाँ लिन पाउने गरी भाडा तोकिएको छ । ट्याक्सीमा १५ किमिसम्मको फ्लाडाउन (सुरुआती भाडा) बापत ८०सहित प्रति २०० मिटरको १० रुपैयाँ तय भएको छ । १५ किमिभन्दा बढीको यात्रा गर्दा प्रतिकिमि ३७.५ रुपैयाँ भाडा दर तय भएको छ । यसअघि पोखरामा शुरुआती भाडा १४ र त्यसपछिको भाडा ७ रुपैयाँ मात्रै थियो । संघ सरकारले २८ प्रतिशत भाडा बढाए पश्चात आफ्नो अधिकार क्षेत्रभित्र रहेर प्रदेश सरकारले भाडा समायोजन गरेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार