नेपाल तरुणदल अन्नपुर्ण गाउँपालिका–५ को अध्यक्षमा गर्बुजा चयन (तस्बिरहरु)

धनिलाल गर्बुजा
शिख,८ फागुन। म्याग्दीको अन्नपुर्ण गाउँपालिक वडा नम्वर ५ मा नेपाली कांग्रेसकाे भातृ स‌ंगठन नेपाल तरुण दल पुर्नगठन गरिएको छ। शनिवार शिखमा आयोजित पुर्नगठन तथा कार्यकर्ता भेटघाट कार्यक्रममा बाबुराम गर्बुजाको अध्यक्षतामा नेपाल तरुन दल वडा ईकाई पुर्नगठन गरिएको हो। उपाध्यक्षमा टब वहादुर पुर्जा र ज्ञान बहादुर गर्बुजा, सचिवमा सुजन पुर्जा र सुमन पुर्जा, सहसचिवमा मुक्तिप्रसाद पुर्जा र साजन सेरपुजा, कोषाध्यक्षमा दिना तिलिजा लगाएत १०५ सदस्य पुर्नगठन गरिएको नेपाल तरुण दल म्याग्दीको अध्यक्ष मुकुन्द छन्त्यालले जानकारी दिनुभयो।

कार्यक्रममा नेपाली कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा ‘खम्बिर’ले नवनिर्बाचित पदाधिकारीहरुलाई शुभकामना तथा बधाई दिदै म्याग्दीका सबै वडाका हरेक टोलमा संगठन विस्तार अभियान संचालन भएको बताउनुभयो । उहाँले पार्टीलाई थप बलियो बनाउन कार्यकर्ताको भुमिका महत्वपुर्ण हुने बताउँदै टोल स्तरमा संगठनलाई क्रियाशिल बनाउन निर्देशन दिनुभयो । पार्टी कार्यकर्तालाई आफ्नै खुट्टामा उभ्याउन र देशलाई आर्थिक रूपमा समृद्ध तथा युवाहरुलाई स्वरोजगार बनाउन कांग्रेसले बिना धितो गरिखाने अभियान संचालन भइरहेको जानकारी दिँदै आवद्ध हुन आग्रह गर्नुभयो ।

कार्यक्रममा नेपाली कांग्रेस म्याग्दीका उपसभापति तथा बेनी नगर पालिकाका मेयर हरिकुमार श्रेष्ठ, कोषाध्यक्ष तथा महाधिवशेन प्रतिनिधि अमृतमान सेरचन, नेपाल तरुण दल म्याग्दीका अध्यक्ष तथा महाधिवशेन प्रतिनिधि मुकुन्द छन्त्यल, नेपाली कांग्रेस प्रदेश सभा ‘क’का सभापति ओम छन्त्याल, नेपाली कांग्रेस प्रदेश सभा ‘क’का उपसभापति सुजन बरुवाल, नेपाली कांग्रेस अन्नपुर्ण गाउँपालिका सभापति क्याप्टेन बलबहादुर तिलिजा, जिल्ला सदस्य ललिता पुन, तरुणदल अन्नपुर्ण गाउँपालिका अध्यक्ष गोबिन्द पुन, अन्नपुर्ण गाउँपालिक–६का वडा अध्यक्ष कृष्ण प्रसाद बरुवाल लगाएतले बोल्नु भएको थियो।

वडा इकाई सभापति अर्जुन चोचाङ्गीको सभापतित्व,सुदर्शन रन्तिजाको सञ्चालन र सरोज पुर्जाको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार