जन्मदिनको खर्च कटाएर जनता मावि दग्नामका विद्यार्थीहरुलाई स्टेशनरी सहयोग

धनिलाल गर्बुजा
दग्नाम, ८ फागुन । म्याग्दीकी एक युवतीले आफ्नो जन्मदिनको खर्च  कटाएर जनता माध्यामिक विद्यालय दग्नामका विद्यार्थीहरुलाई स्टेशनरी सामाग्री सहयोग गर्नुभएकाे छ  । आईतबार रघुगंगा गाउँपालिका–४, दग्नाम स्थाई घर भई हाल सामुदायिक स्वस्थ्य ईकाई मौवाफाँटमा कार्यरत अहेव मायाँ गर्बुजाले आफ्नो जन्मदिनको अवसरमा विद्यालयका  विद्यार्थीहरुलाई स्टेशनरी सामाग्री सहयोग गर्नुभएकाे हाे।

बाबा चित्रबहादुर गर्बुजा र आमा लालमती गर्बुजाको कोखबाट बि.स २०४८ फागुन ८ गते जन्मनुभएकी गर्बुजाले जनता मावि दग्नामबाट बि.स २०६३ मा कक्षा ८ उत्रीण पश्चात मुक्तिधाम उ.मा.वि राखुबाट +२ र पश्मिाञ्चल प्राविधिक शिक्षालय नदिपुर पोखराबाट अहेव शिक्षा हाशिल गर्नुभएकाे छ।  विद्यालयमा अध्ययनरत रहँदा गरिबीको कारण आफुलाई कापी कलमको समस्या परेको स्मरण गर्दै समाजमा जन्मदिनको केक काटेर फजुल खर्च गर्नु भन्दा थोरै भए पनी गरिव बिपन्न विद्यार्थीहरुलाई थप टेवा पुगोस् भन्ने उद्देश्यले विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई सहयोग गरेको गर्बुजाले बताउनुभयो। एक कार्यक्रम बिच विद्यालयामा अध्ययनरत १५७ जना विद्यार्थीहरुलाई कापी कलम बितरण गरिएको जनता मावि प्रधानाध्यपक गुन पुनले जानकारी गर्नुभयो।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार