नेपाल महिला संघ बेनपा–८ को अध्यक्षमा गर्बुजा

बेनी । नेपाली कांग्रेसको भात्रृ संगठन नेपाल महिला संघ बेनी नगरपालिका वडा नम्बर ८ को अध्यक्षमा जमया गर्बुजा चयन हुनुभएको छ । शनिबार बेनीमा आयोजित कार्यक्रबाट गर्बुजा अध्यक्षमा चयन हुनुभएको हो । कार्यसमितिको उपाध्यक्षमा दुर्गा शेरपुञ्जा ,उपाध्यक्षमा सरिता गर्बुजा ,सचिवद्धयमा अनिता सेन्चुरी र बिमला बरुवाल ,कोषाध्यक्षमा पबित्रा केसी र सहसचिवमा लालकुमारी रेग्मी चयन हुनुभएको छ । भने सदस्यहरुमा चन्द्रकुमारी भण्डारी ,यामी शेरचन ,धनकुमारी पुर्जा ,लिला छन्त्याल ,ले माया छन्त्याल,होमदेबि छन्त्याल , दमकुमारी छन्त्याल र देबी पुर्जा चयन हुनुभएको छ ।

कार्यक्रममा नेपाल महिला संघ म्याग्दीकी सभापति बिमला गौचनले नयाँ कार्यसमितिका पदाधिकारीलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो । उहाँले कांग्रेसको विद्यान ,निति तथा कार्यक्रम अनुसार संगठनलाई थप बलियो बनाउन आग्रह गर्नुभयो । उहाँले आगामी स्थानीय तहको निर्वाचन लक्षित भएर कार्यक्रम ल्याउन निर्देशन दिनुभयो । कार्यक्रममा कांग्रेस म्याग्दीका पुर्व प्रवक्ता अजयमिलन श्रेष्ठ वडा इकाई सभापति हिमबहादुर भण्डारी लगायतले बोल्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार