रघुगंगा गाउँपालिकामा विद्यालय सुधार सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न (तस्बिर/भिडिओ सहित)

धनिलाल गर्बुजा

मौवाफाँट । म्याग्दीको रघुगंगा गाउँपालिकाको मौवाफाँटमा विद्यालय सुधार सम्बन्धी कार्यशाला गोष्ठि सम्पन्न भएको छ । गाउँपालिकाको केन्द्र मौवाफाँटमा गाउँपालिका र लर्नको साझेदारीमा शुक्रबारदेखि संचालित दुई दिने विद्यालय सुधार सम्बन्धी कार्यशला गोष्ठि सम्पन्न भएको हो ।

बालबालिकाको सिकाई उपलब्धी बढाउन र विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न गाउँपालिकाको वडा नम्बर १ देखी ४ वडामा पर्ने क्रमश बेग, भगवती, पिप्ले र दग्नामका १६ वटा विद्यालयका व्यवस्थापन समिति,शिक्षक अभिभावक संघका अध्यक्ष र प्रअको सहभागिता रहेको थियो । समापन कार्यक्रमलाई गर्दै गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले विद्यालयको गुणस्तर सुधारको लागि अभिभावक ,व्यवस्थापन समिति र शिक्षक एकजुट हुनुपर्नेमा जोड दिनुभयो । गाउँपालिकाले उपलब्ध स्रोत साधन परिचालनमा कञ्जुसाई नगर्ने बताउनभुयो ।

कार्यक्रममा कालिका मावि तिप्ल्याङ, रघुगंगा मावि पिप्ले, धौलागिरी आवि रिसमचौतारी, अमरसिंह आवि रानीपौवा, हिमालया आवि कलेजाबाङ, ज्ञानोदय मावि मौवाफाँट, जनता मावि दग्नाम, र शिव आवि दर्मिजाका प्रत्यक विद्यालय बाट प्रअ, विव्यस अध्यक्ष, शिक्षक अभिभावक संघ अध्यक्ष र महिला सदस्य गरि जम्मा ३२ जना सहभागिता रहेको लर्नका व्यवस्थापक मिन शाहीले जानकारी दिनुभयो । उहाँले विद्यालयको सुधार व्यवस्थापन र क्षमता अभिवृृद्धी सम्बन्धी प्रशिक्षण दिइएको बताउनुभयो ।

यस अघि रघुगंगाको बेग, भगवती पिप्ले र दग्नामका १६ वटा विद्यालयका १६५ शिक्षकहरुलाई आधरभूत कक्षा कोठा व्यवस्थापन तालिम दिइएको थियो । भने र चिमखोला, कुईनेमंगले, पाखापानी र झिँका ८७ जना शिक्षकहरुलाई विषयगत तालिम दिइएको व्यवस्थापक शाहीले जानकारी दिनुभयो । बिगत १२ बर्ष देखी अन्नपूर्ण गाउँपालिकामा सञ्चालित शैक्षिक उन्नयन कार्यक्रम २०७६ साल देखी रघुगंगा गाउँपालिकाको अमार मावि स्रोत केन्द्र पाखापानीमा सुरु गरिएको थियो ।

रघुगंगा गाउँपालिका र क्वाइलिटी एजुकेशन नेपाल अष्ट्रेलियाको ५०.५० प्रतिशत लागत आर्थिक साझेदारीमा कार्यक्रम सञ्चालित रहेको छ । आगामी बर्षहरुमा म्याग्दीका सबै विद्यालयमा सहकार्य गर्ने उद्धेश्य रहेको व्यवस्थापक शाहीले जानकारी दिनुभयो । ज्ञानोदय मावि मौवाफाँटका विव्यस अध्यक्ष तारानाथ शर्माको अध्यक्षता, रघुगंगा गाउँपालिकाका अध्यक्षको अध्यक्ष भण्डारीको प्रमुख आतिथ्यता र शिक्षक लोकेन्द्र बहादुर खड्काले सञ्चालन गरेकोको कार्यक्रममा लर्नका व्यवस्थापक शाहीले सहजीकारण गर्नुभएको थियो । कार्यक्रममा सहभागिको तर्फबाट जनता माविका प्रअ गुन पुनले बोल्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार