अमर माविमा कम्प्युटर हस्तान्तरण तथा अक्षयकोष स्थापना (भिडियो/तस्बिरहरु)

  धनिलाल गर्बुजा

पाखापानी । म्याग्दीको रघुगंगा गाउँपालिका–६ ,पाखापानी स्थित अमर माविमा कम्प्युटर हस्तान्तरण तथा अक्षयकोष स्थापना कार्यक्रम सम्पन्न भएको छ। शुक्रबार विद्यालयमा आयोजित एक कार्यक्रमका विच लायन्स क्लव अफ पोखरा अन्जुलीकीअध्यक्ष बिना पाईजा र लायन्स फस्ट भिडिजी ईलेक्ट चन्द्रकुमार केसीले विद्यालय व्यवस्थामन समितिका अध्यक्ष खिम बहादुर पाईजा र विद्यालयका प्रअ युकुमार गर्बुजालाई १० थान कम्प्युटर तथा अक्षयकोष स्थापनको लागि सात लाख रुपैयाँको चेक हस्तान्तरण गर्नुभयो। विद्यालय र लायन्स क्लव पोखरा अन्जलीको संयुक्त सहकार्यमा आर्थिक सहयोग संकलन अभियान सञ्चालन गरेको थियो।

कार्यक्रमको उद्घाटन गर्दै लायन्स फस्ट भिडिजी ईलेक्ट चन्द्र कुमार केसीले २१ औं शताब्दी विज्ञान र प्रविधिको युगमा दैनिक जीवन होस् वा विभिन्न पेशागत जीवनलाई सहज र सक्रिय बनाउन विद्यालयमा कम्प्युटर शिक्षाको अत्यावश्यक रहेको बताउनुभयो। ‘एउटा गाउँ ठिक छ कि बेठिक छ त्यो गाउँमा राम्रा मान्छे बस्छन की नराम्रा मान्छे बस्छन भनेर थाहा पाउने एउटा मात्रै लक्ष्य त्यो गाउँमा गएर स्कुल हेरे थाहा पाउनु हुन्छ’ उहाँले भन्नुभयो,‘कम्प्युटरको प्रयोग यति विकसित बन्दै गएको छ कि हरेक व्यक्ति, घर, संघ, सस्थामा कम्प्युटर अनिवार्य आवश्यक साधन भएको छ ।’

वडा सदस्य टेकजित छन्त्यालले समयको मागअनुसार सूचना प्रविधिबाट सुसज्जित दक्ष जनशक्ति उत्पादन गर्न विद्यालयमा कम्प्यूटर शिक्षालाई प्रभावकारी बनाउन सुझाब दिनुभयो । अन्जुलीकी अध्यक्ष पाईजाले विद्यालयमा सूचना र प्रविधिको व्यवस्थित रूपमा सञ्चालन र कम्प्युटर शिक्षकलाई तलब भत्ता उपलब्ध गराउनको लागी आर्थिक संकलन गर्नु परेको बताउनुभयो । उहाँका अनुसार देश–बिदेशमा रहेका भुपु बिधार्थी, स्थानीय बासी लगायतबाट १२ लाख रुपैया संकलन भएको थियो । जम्मा रकम मध्य १० थान कम्प्युटर खरिद गरेर बाँकी रहेको रकम भुपुसैनिक बचत ऋण तथा सहकारी संस्था बेनीको मुद्दती खातामा सात लाख रुपैयाँ अक्षयकोष जम्मा भएको जानकारी दिनुभयो ।

कार्यक्रममा नेकपा एमाले जिल्ला कार्यसमितिका सल्लाकार ओम कुमार सेरपुजा, लायन्स डिपार्टमेन्ट चिफ अमृत शोभ खत्री, जोन चेयर प्रसन कल्पना आचार्य र शिक्षक नारायण ढकाल लगायतले बोल्नुभएको थियो। विद्यालयको तर्फबाट भिभिन्न नृत्यहरु समेत प्रस्तुत गरेका थिए । विद्यालय व्यवस्थाप समितिका अध्यक्ष पाईजाको सभापतित्व, प्रअ गर्बुजाको स्वागत र विव्यस सदस्य रोशन सेरपुजाको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार