नेपाली रेल जयनगरमा सजिँदै, भोलि विद्यार्थी बोकेर नेपाल प्रवेश गर्ने

जनकपुर । नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले शनिबार अपरान्ह १२ः३० बजे रेल्वे सेवा सञ्चालनको औपचारिक उदघाटन हुने जानकारी दिनुभएको छ ।

उहाँका अनुसार भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हैदारावाद हाउसबाट संयुक्त झन्डोत्तलन गरेपछि जयनगरबाट रेल जनकपुरका लागि प्रस्थान गर्ने छ ।

‘भोली १२ः३० बजेमा हामी जयनगर पुग्नेछौँ, जयनगरमा रेलको सजावटको काम भइरहेको छ,’ महाप्रबन्धक झाले भन्नुभयो, ‘दिल्लीस्थित हैदरावाद हाउसबाट नेपाल र भारतका प्रधानमन्त्री दुवैले झन्डा हल्लाएर उद्घाटन गर्ने कार्यक्रम छ ।’

उहाँका अनुसार उद्घाटन भएलगत्तै विद्यार्थीहरु बोकेर नेपाली रेल जनकपुरका लागि प्रस्थान गर्ने छ । कुर्थामा पुगेपछि नेपालतर्फको औपचारिक कार्यक्रम सुरु हुने छ । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार