अन्नपूर्ण गाउँपालिकामा एमालेबाट अध्यक्षमा भरत पुन र उपाध्यक्षमा दिवा पुन

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा नेकपा एमालेले आसन्न स्थानीय तहको निर्वाचनका लागि पालिका अध्यक्ष र उपाध्यक्षको उम्मेदवार चयन गरेर सिफारिस गरेको छ ।आइतवार देखि सुरु भएको पालिका कमिटीको बैठकबाट अध्यक्षमा भरत पुन र उपाध्यक्षको उम्मेदवारमा दिवा पुनलाई सर्वसम्मत रुपमा चयन गरेर जिल्लामा सिफारिस गर्ने निर्णय गरेको हो । अन्नपूर्ण गाउँपालिका वडा नम्बर ७ औला निवासी भरत पुन लामो समय सम्म शैक्षिक पेशामा आवद्ध हुनुहन्थ्यो ।

गाउँपालिकाको श्रोत व्यक्तिको रुपमा कार्यरत पुनले हालैमात्र पदबाट राजिनामा दिनुभएको थियो । त्यस्तै उपाध्यक्षको उम्मेदवार वडा नं ५ पाउद्वारकी दिवा पुन मिलन म्याग्दीको कार्यकारी निर्देशक हुनुहुन्छ । धेरै संघसंस्थामा आवद्ध पुन सामाजिक क्षेत्रमा क्रियाशिल हुनुहुन्छ ।

दुवैजना उम्मेदवार सामाजिक क्षेत्रमा सक्रिय र त्यस क्षेत्रमा व्यक्तिगत हिसावमा पनि उच्च छवि बनाएकाले चुनावमा जित हाँसिल हुने निस्चित भएको पालिका कमिटी अध्यक्ष धन पुनले बताउनुभयो । अध्यक्षको उम्मेदवार पुन शैक्षिक र बौद्धिक व्यक्ति भएकाले अन्नपूर्णको विकासका लागि भिजन र मिसन उहाँ संग भएको युवा नेता पुनको भनाई छ ।

मंगला गाउँपालिका अध्यक्ष र अन्नपुर्ण गाउँपालिकाको अध्यक्ष तथा उपाध्यक्षको उम्मेद्धारी चयन गरेर जिल्लालाई सिफारिस गरेको कपा एमाले म्याग्दीका अध्यक्ष देवेन्द्र बहादुर कटुवालले जानकारी दिनुभयो। आगामी २ बैशाखमा बस्ने जिल्ला कमिटिको बैठकले उम्मेद्धार टुङ्गो लगाउने उहाँले बताउनुभयो । एमाले म्याग्दीले अहिलेसम्म २५ वडामा सर्वसम्मत उम्मेद्धारी टुङ्गो लगाएको छ ।

 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार