नेपाल राष्ट्रिय शिक्षक संगठनको राष्ट्रिय उपाध्यक्षमा म्याग्दीका गर्बुजा

म्याग्दी । नेपाल राष्ट्रिय शिक्षक संगठनको राष्ट्रिय उपाध्यक्षमा म्याग्दीका जंग बहादुर गर्बुजा निर्वाचित हुनुभएको छ । मंगलबार काठमाडौँमा सम्पन्न भएको संगठनको १३ औँ राष्ट्रिय महाधिवेशनबाट गर्बुजा सर्वसम्मत रुपमा उपाध्यक्षमा निर्वाचित हुनुभएको नेपाल राष्ट्रिय शिक्षक संगठन म्याग्दीका निवर्तमान अध्यक्ष जयराम सुवेदीले जानकारी दिनुभयो ।

महाधिवेशनले बिष्णु भण्डारीको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो । संगठनको गण्डकी प्रदेश संयोजकमा याम बहादुर कुँवर र सचिवमा राम प्रसाद पोखरेल चयन हुनुभएको छ । गर्बुजा यसअघि पनि राष्ट्रिय समितिको उपाध्यक्ष हुनुहुन्थ्यो । गर्बुजा हाल मालिका गाउँपालिका– ७ स्थित बिमको किसानी माविमा प्रधानाध्यापकको रुपमा कार्यरत हुनुहुन्छ । कृषि प्राविधिक बिषय अध्यापन गराईरहेको किसानी मावि साविक धौलागिरी अञ्चलकै उत्कृष्ट बिद्यालयको रुपमा परिचित छ ।

 

शिक्षक संगठनको राष्ट्रिय उपाध्यक्षमा पुनः निर्वाचित भएपछि गर्बुजाले शैक्षिक क्षेत्रको बिकास र शिक्षकहरुको हक हितकालागि सक्रियताका साथ काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । समग्र शिक्षकहरुको जायज मागलाई सम्वन्धित निकायमा पु¥याई कार्यान्वयनका लागि निरन्तर खबरदारी गर्ने कार्यमा आफु पछि नहट्ने समेत गर्बुजाले बताउनुभयो ।

म्याग्दी जिल्ला शिक्षामा अझैपनि पछि नै रहेकाले सवै शिक्षक, बिद्यार्थी तथा अभिभावकहरु मिलेर शैक्षिक जागरणका लागि उपलब्धीमूलक कार्यहरु गर्न आवश्यक रहेकोले त्यसतर्फ कार्ययोजना बनाएर अगाडि बढ्ने उहाँको भनाई छ ।गर्बुजाले आफुलाई फेरि पनि राष्ट्रिय उपाध्यक्षमा सर्वसम्मत बनाउन सहयोग गर्ने संगठनका पूर्व पदाधिकारीहरु तथा प्रतिनिधिहरु प्रति आभार समेत प्रकट गर्नुभएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार