अन्नपूर्ण गाउँपालिकामा कांग्रेसले अध्यक्षमा क्याप्टेन बलबहादुर तिलिजा र उपाध्यक्षमा ललिता तिलिजालाई उम्मेद्धार बनाउने

बेनी । नेपाली कांग्रेस म्याग्दीले जिल्लाको अन्नपुर्ण गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदको उम्मेद्धारी टुंगो लगाएको छ । गाउँपालिकाको अध्यक्षमा क्याप्टेन बलबहादुर तिलिजा र उपाध्यक्षमा महिला नेतृ ललिता तिलिजालाई उम्मेद्धार बनाउने निर्णय भएको कांग्रेस म्याग्दीका सचिव हिराबहादुर पुनले जानकारी दिनुभयो । तिलिजा कांग्रेस अन्नपूर्ण गाउँपालिका सभापति हुनुहुन्छ ।

उहाँका अनुसार , उम्मेद्धारहरुको संख्या धेरै भएपछि लामो छलफलपछि सबैको सहमतिमा अध्यक्षमा क्याप्टेन तिलिजा र उपाध्यक्षमा तिलिजालाई उम्मेद्धार बनाउने निर्णय भएको हो । अध्यक्षमा क्याप्टेन तिलिजा संगै क्याप्टेन रबिन्द्र गर्बुजा ,जिल्ला कोषाध्यक्ष अमृतमान शेरचन ,वडा नम्बर ६ का वडा अध्यक्ष कृष्णप्रसाद बरुवाल आकांक्षी हुनुहुन्थ्यो भने उपाध्यक्षमा तिलिजा ,वर्तमान उपाध्यक्ष केशमाया मगर र पुनकुमारी मगर खोरजाले दावी गर्नुभएको थियो ।

समाजसेवी समेत रहनुभएका अध्यक्षका उम्मेद्धार क्याप्टेन तिलिजा शिख्तानी समाज पोखराका अध्यक्ष ,स्वाँत पोखरा समाजको अध्यक्ष समेत हुनुहुन्छ । शिख माविमा समेत आर्थिक सहयोग गर्नुभएका पुनले सडक,खानेपानी ,स्वास्थ्य लगायत क्षेत्रमा व्यक्तीगत सहयोग पनि गर्दै आउनुभएको छ । गाउँपालिकाको विकास गर्न आफुले उम्मेद्धारी घोषणा गरेको बताउनुभयो । सामाजिक क्षेत्रमा समेत कृयाशिल उपाध्यक्षकी उम्मेद्धार ललितासंग सहकारी ,आमा समुह र लज समिति  लगायत संघ संस्थामा नेतृत्व गरेको अनुभव छ । कांग्रेस म्याग्दीका जिल्ला सदस्य  तिलिजा राष्ट्रिय मगर संघ म्याग्दीकी कोषाध्यक्ष समेत हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार