अन्नपूर्णमा कांग्रेसका उम्मेदवार मत माग्दै मतदाताको घरदैलोमा

पाेखरेबगर । आगमी ३० बैशाखमा हुने स्थानीय तहको निर्वाचनमा म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको उम्मेदवार बन्नुभएका उम्मेदवारहरु मतदाताको घरदैलोमा पुग्नुभएको छ ।

आइतबार उम्मेदवारी दर्ता गरेसँगै मत माग्न र जनताको आवश्यकता बुझ्न अन्नपूर्णका कांग्रेसका उम्मेदवारहरु घरदैलो अभियान र प्रचारप्रसारमा लागेको नेपाली कांग्रेस म्याग्दीका सचिव भरतबहादुर रकालले जानकारी दिनुभयो ।

‘हामी जनताको घरघर दैलोमा पुगेर पहिलो चरणमा टोल टोलमा कोणसभा गर्ने र घरदैलोमा नै गएर जनताको आवश्यकता बुझ्न थालेका छौ’अध्यक्ष पदका उम्मेदवार बन्नुभएका क्याप्टेन बलबहादुर तिलिजाले भन्नुभयो,‘हामीले बोल्न भन्दा पनी काम गरेर जनताको मन जित्ने हो जनताको आवश्यकताको आधारमा नै हाम्रो घोषणा र प्रतिबद्धताहरु हुन् ।’

पालिकाको वडा ७ हिस्तानको औलमा कोण सभामा बोल्दै अध्यक्षका प्रत्यासी तिलिजाले यसपाली पालिका र वडामा काँग्रेसलाई मत दिएर जिताउन अनुरोध गर्दै जनताको सेवा गर्नका लागि आफु पालिका अध्यक्षको उम्मेदवार बनेको बताउनुभयो । कांग्रेसले चुनावी अभियानलाई तिब्रता दिएको छ । यस पटक अन्नपूर्ण पालिकामा कांग्रेसले क्या.तिलिजालाई अध्यक्ष र ललिता तिलिजालाई उपाध्यक्षको उम्मेदवार बनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार