अन्नपूर्णमा कांग्रेसको चुनावी अभियान तिब्र

शिख । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा नेपाली कांग्रेसले चुनावी अभियानलाई तिब्र बनाएको छ ।निर्वाचनका लागि विभिन्न समिति र उपसमितिहरू गठन गरेर घरदैलोमा निस्किएका उम्मेदवारले आफ्नो प्रतिबद्धता पत्रमार्फत मतदातालाई भोट मागेका छन्।शनिबार शिखमा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका सभापति खम्बीर गर्बुजाले स्थानीय तहको निर्वाचनमा गठबन्धनको टिमलाई विजय बनाउन अपिल गर्नुभएको छ ।

‘अन्नपूर्ण गठबन्धनको बिजय हुन्छ,‘पार्टीले जस्तोसुकै सहयोग गर्न तयार छौ’ सभापति गर्बुजाले भन्नुभयो । चुनावी आमसभा नेपाली कांग्रेसका कोषाध्यक्ष अमृतमान शेरचन,नेता कृष्णप्रसाद बरुवाल, सु.बमबहादुर तिलिजा,नेकपा माओवादी केन्द्रका नेता बागविर पाईजा, नेपाली कांग्रेसका नेता बुद्धि पुन लगायतले मन्तब्य राख्नुभएकाे थियाे ।

अन्नपूर्ण गाउँपालिकाका अध्यक्षका प्रत्यासी बलबहादुर तिलिजाले स्थानीय तहको निर्वाचनमा आफ्नो योजनालाई पूर्वरुपमा कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउँदै निर्वाचनमा कांग्रेसको टिमलाई विजय बनाउन अपिल गर्नुभएको छ । उहाँले यसपटक बहुमत वडासहित अध्यक्ष उपाध्यक्ष जित्ने गरेर चुनावी तयारीमा होमिएको बताउनुभयो ।पालिका उपाध्यक्षकी उम्मेदवार ललिता तिलिजाले रातदिन नभनी मतदाताको घरदैलोमा पुगेर मत मागिरहेको बताउँदै प्रतिबद्धता अनुसार नै पाँच बर्ष काम गर्ने बताउनुभयो ।

पालिका भित्र शिक्षा, स्वास्थ्य, विकास निर्माणलाई उच्च प्राथमिकता दिदैं पालिकाको सुहाउँदो विकासको मोडेलबाट विकास गर्ने गठबन्धनले प्रतिबद्धता जनाएको छ । चुनावी अभियानमा हालसम्म नाँगी, रिमा,औल,घराम्दी, हिस्तान, दोसल्ले भुरुङ तातोपानी, घोरेपानी,चित्रे,खिबाङ, शिख, स्वात लगाएतमा क्षेत्रमा कार्यक्रम भइरहेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार