ठेक्का लागेपछि सिद्धबाबा सुरुङमार्गको डिजाइन तयार गरिंदै

काठमाडौं । सिद्धार्थ राजमार्गको पहिरोग्रस्त सिद्धबाबामा सुरुङमार्ग बनाउन विस्तृत डिजाइनको काम सुरु भएको छ । ‘चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कम्पनी’ले इन्जिनियरिङ, प्रक्योरमेन्ट एन्ड कन्स्ट्रक्सन (ईपीसी) मोडलमा सुरुङमार्गको ठेक्का पाएको छ ।

सडक विभागको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका निर्देशक कैलाशकुमार श्रेष्ठका अनुसार ठेकदार कम्पाीले सर्भेसहित डिजाइनको काम सुरु गरिसकेको छ । कम्पनीले तयार गर्ने डिजाइन सडक विभागले स्वीकृत गरेपछि मात्रै निर्माणको काम सुरु हुनेछ । २३ मार्चदेखि ठेकदार कम्पनीले काम थालिसकेको छ ।

यो सुरुङमार्ग ठेक्का नारायणगढ-बुटवल सडकखण्ड विस्तारको काम गरिरहेको चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सनले पाएको हो । सिद्धबाबाको सुरुङमार्ग निर्माणका लागि भएको ठेक्कामा यो कम्पनीले ७ अर्ब ३४ करोड २१ लाख रुपैयाँ मा ठेक्का पाएको थियो ।विभिन्न कारण देखाउँदै कम्पनीले काममा ढिलाइ गर्दा नारायणगढ(बुटवल सडकखण्ड विस्तार आयोजना रुग्ण अवस्थामा पुगेको छ ।

यो कम्पनीले काठमाडौं-तराई मधेश द्रुतमार्गमा बन्ने सुरुङमार्गको पहिलो प्याकेजको काम पनि जिम्मा पाएको छ ।१ मंसिर २०७७मा बसेको मन्त्रिपरिषद् बैठकले उक्त सुरुङमार्ग निर्माणका लागि १० अर्ब १५ करोड रुपैयाँ को लागि बजेटको सहमति प्रदान गर्ने निर्णय गरेको थियो । सडक विभागले ९ जेठ, २०७८मा ४५ दिने सूचना प्रकाशित गर्दै ग्लोबल टेण्डर आह्वान गरेको थियो ।

स्वीस एजेन्सी फर डेभलपमेन्ट एण्ड कर्पोरेसन ९एसडिसी०ले गरेको अध्ययनको प्रतिवेदन अनुसार टेन्डर आह्वान भएको थियो । यो सुरुङमार्ग १।१२६ किलोमिटरको सुरुङ हुनेछ । सुरुङमार्गको सुरु हुनुभन्दा अगाडि र पछाडि ३ हजार ५ सय मिटरको रकनेट ९जाली० राखिनेछ । करिब ५ वर्षमा यो सुरूङमार्ग निर्माण गरेर सञ्चालनमा ल्याउने सरकारी लक्ष्य छ ।

सिद्धबाबा खण्डको डेढ किलोमिटर क्षेत्र पहिरो र दुर्घटनाको अत्यधिक जोखिमयुक्त क्षेत्रमा पर्छ । हरेक वर्ष वर्षायाममा मात्र नभई हिउँदमा समेत पहिरो खस्दा जनधनको क्षति हुने गरेको छ । गएको १० वर्षमा सिद्धबाबा खण्डमा पहिरो खस्दा र दुर्घटना हुँदा ७० जनाभन्दा बढीको मृत्यु भएको सरकारी तथ्यांक छ । यो सडक खण्ड प्रयोग गरेर गुल्मी, पाल्पा, अर्घाखाँची, स्याङ्जा, पोखरा, बाग्लुङ हुँदै म्याग्दीसम्म गाडी चल्ने गर्छन् । अनलाइनखबरबाट

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार