बमको हल्लापछि विमानस्थल खाली गराइयो

काठमाडौँ । बम राखिएको हल्लापछि त्रिभुवन विमानस्थल खाली गराइएको छ। विमानस्थलको आन्तरिकतर्फ प्रवेश गरेका सबै यात्रुलाई बाहिर निकालिएको छ । यस्तै विमानमा चढिसकेकालाई समेत बाहिर निकालिएको छ।

विमानस्थलमा बम राखेको भन्दै अज्ञात व्यक्तिले फोन गरेपछि तनावको अवस्था सिर्जना भएको हो । विमानस्थलको ल्याण्डलाइन नम्बरमा कसैले फोन गरेर आन्तरिक टर्मिनलमा बम भएको बताएपछि हंगामा भएको हो । अहिले विमानस्थलमा सेनाको टोली परिचालन गरिएका छ भने प्रहरी र सशस्त्र प्रहरी पनि खटिएको छ।

त्रिभुवन विमानस्थल कार्यालयका एसएसपी भीमप्रसाद ढकालले बम राखेको भन्दै फोन आएपछि विमानस्थलमा सेनाको बम डिस्पोजल टोली परिचालन गरेर सर्च अभियान चलाइएको बताउनुभयो । उहाँले फोन गर्नेको परिचालन गर्ने कार्य भइरहेको बताउँदै घटनास्थलमा सुरक्षा कडा बनाएर अनुसन्धान थालिएको बताउनुभयो । बम भएको भन्दै फोन आएपछि वास्तविकता पत्ता लगाउन सुरक्षाकर्मी खटिएको उहाँको भनाइ छ । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार