क्रेनमा बस दुर्घटना हुँदा १६ जनाको मृत्यु

एजेन्सी । क्रेनमा मंगलबार भएको एक बस दुर्घटनामा परी कम्तीमा पनि १६ जनाको ज्यान गएको छ।

पश्चिमी युक्रेनको सिटने भन्ने स्थानमा एक यात्रुबाहक बस र इन्धन बोकेको ट्रक एक आपसमा ठोकिएका थिए। त्यस क्रममा बसमा रहेका १६ जना यात्रुको निधन भएको थियो भने अरु ६ जना घाइते भएका थिए।

स्थानीय समयानुसार मंगलबार साँझ ७ः२० मा सो दुर्घटना भएको युक्रेनको प्रहरीले जनाएको छ। अहिले सो दुर्घटना भएको किभ चोप राजमार्ग बन्द भएको छ। प्रहरीले उक्त राजमार्ग बन्द गरेर अनुसन्धान थालेको जनाएको छ। nagariknews.nagariknetworkबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार