उत्तर कोरियाद्वारा व्यालिस्टिक मिसाइल प्रहार

एजेन्सी । उत्तर कोरियाले व्यालिस्टिक मिसाइल प्रहार गरेको दक्षिण कोरियाको सेनाले जनाएको छ । उत्तर कोरियाली नेता किम जोङ उनले प्योङयाङको आणविक हतियारलाई ‘सबैभन्दा छिटो गतिमा’ बढाउने प्रतिबद्धता जनाएको एक सातापछि उत्तरले व्यालिस्टिक मिसाइल प्रहार गरेको जनाएको हो ।

आणविक परीक्षणलाई लिएर उत्तर कोरियामाथि विभिन्न प्रतिबन्धहरू लागिरहेका बेला प्योङयाङको पछिल्लो परीक्षण सार्वजनिक भएको हो । उत्तर कोरियाले आणविक परीक्षणको तयारी गरेको दक्षिण कोरिया र अमेरिकाले आरोप लगाउँदै आएका छन् ।

‘उत्तर कोरियाले बुधबार बिहान पूर्वी सागर(जापानको सागर) तर्फ प्रहार गरेको एउटा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ’ दक्षिण कोरियाका संयुक्त चिफ अफ स्टाफले एक विज्ञप्तिमा भनेको छ । दक्षिण कोरियाको सेनाले उत्तर कोरियाका प्रक्षेपणसम्बन्धी गतिविधि ट्र्याक गरेको छ । उत्तर कोरियाको परीक्षणको जापानले पनि पुष्टि गरेको छ । जापानको तटीय गार्डले पनि उत्तर कोरियाले सम्भावित ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरेको जनाएको छ। रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार