निर्वाचन सुरक्षाबारे जानकारी लिन गृहमन्त्री राजविराजमा

सप्तरी । निर्वाचन सुरक्षाबारे जानकारी लिन गृहमन्त्री बालकृष्ण खाण सप्तरीको राजविराज पुग्नुभएको छ । सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमकाअनुसार गृहमन्त्री खाण प्रदेश १ को राजधानी मोरङको विराटनगरदेखि बिहीबार बहान राजविराज पुग्नुभएको हो ।

गृहमन्त्री खाणले बिहान ११ बजे राजविराजको होटल आइगार्डेनमा हुने निर्वाचन सुरक्षा गोष्ठीमा मधेस प्रदेशको सप्तरी, सिरहासँगै प्रदेश १ को उदयपुरका प्रमुख जिल्ला अधिकारीबाट निर्वाचन सुरक्षास्थितिबारे जानकारी लिने हुनुभएको छ । उहाँले यसअघि नै जिल्ला सुरक्षा समितिमा संयोजकसमेत रहने प्रमुख जिल्ला अधिकारीहरूसँग निर्वाचन सुरक्षाबारे भर्चुअल माध्यमबाट छलफल गरिसक्नुभएको छ । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार