थाहा नगरका प्रमुख विष्टले दिए राजीनामा

हेटौंडा । मकवानपुरको उत्तरी क्षेत्रमा रहेको थाहा नगरपालिकाका प्रमुख लवशेर विष्टले राजीनामा दिनुभएको छ । बिहीबार नगर प्रमुख विष्टले उपप्रमुख खड्ग गोपाली समक्ष राजीनापत्र बुझाउनुभएको हो ।

आसन्न निर्वाचनका लागि पार्टीको चुनावी प्रचारप्रसारमा लाग्न आचारसंहिता बाधक भएकोले राजीनामा दिएको नगरप्रमुख विष्टले बताउनुभएको छ । नगरप्रमुख पदमा रहेर पार्टीको कार्यक्रममा हिड्न आचारसंहिताले नदिएका कारण राजीनामा दिइएको हो । माओवादी केन्द्रका आधिकारिक उमेद्वार बिष्णु बिष्ट आदर्शलाई आगामी बैशाख ३० मा हुने निर्वाचनमा जिताउनका लागि उहाँले चुनावी सभामा सम्बोधन गर्नुहुनेछ ।

थाहा नगरका मतदाताले पुन लवशेर बिष्टलाई नै नगरप्रमुखमा जिताउने बताइरहेको भएपनि विष्टले एक कार्यकाल मात्र काम गर्ने भनेर दोहोर्याउनुभएन। ५ बर्ष कार्यकालमा थाहानगरको विकासमा ठुलो फड्को मारेको बर्तमान नेतृत्वलाई नै जनताले पुन जिताउन खोजेका थिए । थाहा नगर कम बेरुजु भएको स्थानीय सरकार हो । अनलाइनखत्रबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार