रेनुको टिमको जित सुनिश्चित छ : काँग्रेस नेता भण्डारी

चितवन । नेपाली काँग्रेसका केन्द्रीय शंकर भण्डारीले भरतपुर महानगरपालिकामा गठबन्धनका प्रमुख सहितका साझा उम्मेदवारको जीत सुनिश्चित रहेको बताउनुभएको छ । बिहीबार भरतपुरमा आयोजित गठबन्धनको संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै नेता भण्डारीले भने, ‘भरतपुर महानगरमा रेनु दाहाल नेतृत्वको टिमको जीत सुनिश्चित छ । अग्रिम बधाई छ, शुभकामना छ ।’

उनले ४६ पछि नेपालको राजनीतिक अवस्थाको मूल्याङ्कन गर्दा पनि काँग्रेससँगको गठबन्धन नै सफल भएको बताउनुभयो । ‘अरु गठबन्धन टिकेका छैनन्, काँग्रेससँगको गठबन्धन सफल भएका छन्’, भण्डारीको भनाइ छ । उहाँले कुनै दुविधामा नपर्न आग्रह गर्दै निर्वाचनपछि काँग्रेसको उच्चस्तरीय टोली चितवन आएर सबैसँग छलफल गरेर सबैको चित्त बुझाउने बताउनुभयो । भण्डारीले गठबन्धनका उम्मेदवारलाई विजयी गराउन काँग्रेसका नेता कार्यकर्ताहरूलाई आग्रह समेत गर्नुभयो । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार