स्थानीय चुनावमा महिलालाई जिताउनुपर्छ : डिना उपाध्याय

चितवन । नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ले स्थानीय चुनावमा महिलालाई जिताउनुपर्ने बताउनुभएको छ । चितवनको भरतपुरमा बिहीबार आयोजित पाँच दलीय चुनावी सभालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, ‘रेनु दाहाल यहाँ महिला हुनुहुन्छ । काठमाडौंमा सिर्जना सिंह महिला हुनुहुन्छ । ६ महानगरपालिकामा हामीले दुई जना मात्रै प्रमुखमा महिला उम्मेदवार पाएका छौं । उहाँहरुलाई जिताउनुपर्छ।’

भतरपुरमा रेनुले विकास गरेकाले प्रमुखमा जिताउनुपर्ने उहाँको भनाइ छ। ‘महिलालाई जिताउने काम तामाम महिला दिदी बहिनी र साथीहरुले गर्नु भयो भने अहिले उहाँ (रेनु)ले बोल्दै गर्दा भन्नु भयो धेरै पूर्वाधार बनाइसक्नु भएको छ,’ उपाध्यायले भन्नुभयो, ‘उहाँले त्यसलाई अगाडि बढाउनुहुन्छ । हाम्रा पार्टी सभापतिले भन्नु भएको छ, विकासका लागि रेनु दाहालले धेरै गर्नु भएको छ। जनताले पनि रेनु दाहालले राम्रो काम गरेको भन्नुहुन्छ ।’उहाँले रेनुलाई पनि महिलालाई प्राथमिकतामा राखेर विकास–निर्माणका काम गर्न सुझाव दिनुभयो । अनलाइनखबरबाट

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार