अहिले रेनुलाई सहयोग गर्नुस्, भोलि छोडिदिनुस् भनौंला : देउवा

चितवन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भरतपुर महानगरपालिकाको मेयरमा बखेडा नगर्न पार्टीका नेता कार्यकर्तालाई आग्रह गर्नुभएको छ ।

चितवनको भरतपुरमा बिहीबार आयोजित सभामा देउवाले गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको बताउनुभयो । ‘षड्यन्त्रमा फस्यो भने हाम्रो पार्टी खतम हुन्छ,’ उहाँले भन्नुभयो, ‘यो गठबन्धन टुटाउने षड्यन्त्र चितवन, भरतपुरबाट हुनै सक्दैन ।’

अहिले माओवादी केन्द्रको मेयरका उम्मेदवारलाई सहयोग गर्न आग्रह गरेका उहाँले भोलि राम्रो काम गरे कांग्रेस नेता कार्यकर्ताले पनि अवसर पाउने बताउनुभयो । देउवाले भन्नुभयो, ‘उहाँलाई पछि छोडिदिनुस्, हामीलाई सहयोग गर्न भनौंला । उहाँलाई यो पटक सहयोग गरेर हेर्नुपर्‍यो । त्यसैले उहाँलाई जिताउनु हाम्रो कर्तव्य हो ।’ अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार