योग्य छ भने छोरी भनेर छेक्नुहुन्न : नेपाल

चितवन । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले भरतपुर महानगरपालिकाको मेयरको उम्मेदवार रेनु दाहाललाई पुष्पकमल दाहाल प्रचण्डको छोरीको रुपमा मात्र बुझ्न नहुने बताउनुभयो ।

बिहीबार चितवनको भरतपुरमा सत्तारुढ गठबन्धनले आयोजना गरेको संयुक्त सभालाई सम्बोधन गर्दै उनले नेताका छोराछोरी पनि योग्यता र क्षमताले मात्र अघि बढ्ने बताउनुभयो। रेनुलाई पुष्पकमल दाहालको छोरीका मात्रै हेर्नुहुन्न,’ उहाँले भन्नुभयो , ‘कोही योग्य छन् भने आफ्नो योग्यताका आधारमा आउने हुन् । बाबुको आधारमा होइन । कोही योग्य छ भने छोरी भनेर छेक्नु पनि हुँदैन ।’

नेता नेपालले आफ्नो पूर्व पार्टी नेकपा एमालेलाई कुहिएको फर्सीको संज्ञा दिनुभयो । नेता नेपालले पवित्र उद्देश्यले अहिलेको गठबन्धन बनाएको र त्यसले राम्रै भएको बताउँदै नमिलेको ठाउँमा मिलाउनुपर्ने बताउनुभयो । ‘हामीले पवित्र उद्देश्यले संयुक्त अभियान अगाडि बढाएका छौं,’ उहाँले भन्नुभयो, ‘यसले गठबन्धन दललाई केही न केही फाइदा भएको छ ।

अहिले पनि कतिपय ठाउँमा मिलेका छैनन् । म गठबन्धनका नेताहरुलाई भन्न चाहन्छु, नमिलेका ठाउँमा मिलाउनुहोस्, सहमति गर्नुपर्ने ठाउँमा गर्नुहोस् ।’भरतपुरले विकासप्रेमी मेयर पाएको दाबी गर्दै नेपालले मेयरकी उम्मेदवार रेनु दाहालको प्रसंसा समेत गर्नुभयो । ‘जसलाई सोध्यो– रेनु दाहाल विकास प्रेमी मेयर पाएका छौं भन्छन् । यसका कुनै शंका छैन’ उहाँले भन्नुभयो । अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार