कांग्रेस कमजोर भएर गठबन्धन गरेको होइन : महामन्त्री शर्मा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संविधान रक्षाका लागि चुनावी गठबन्धन गरिएको बताउनुभएको छ । ‘कांग्रेस कमजोर भएर होइन, संविधान रक्षाका लागि गठबन्धन गर्नुपरेको हो,’ रूपन्देहीको तिलोत्तमामा बिहीबार भएको चुनावी सभामा उनले भने, ‘तालमेल भएका ठाउँमा इमान्दारीतापूर्वक मतदान गरौं।’

उहाँले कांग्रेस र एमाले दुवैको घोषणापत्र पढेर विवेक पुर्‍याएर मतदान गर्न पनि आग्रह गर्नुभएको थियो । उहाँले तिलोत्तममा चक्रपथ निर्माण गर्ने योजना उत्कृष्ट रहेको बताउँदै प्रशासनिक भवनलाई अस्पतालमा रुपान्तरण गर्ने योजनाको तारिफयोग्य भएको बताउनुभएको थियो । ‘जनताको स्वास्थ्यभन्दा ठूलो जनप्रतिनिधि बस्ने भवन हुँदैन’, उहाँले भन्नुभयो । सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार