दाङको चुनावी सभामा देउवा र प्रचण्डले सम्बोधन गर्ने

दाङ । पाँच दलीय गठबन्धन दलहरूले आज दाङको तुलसीपुर र घोराहीमा चुनावी सभाको आयोजना गर्दै हुनुहुन्छ । आइतबार घोराही र तुलसीपुरमा आयोजना गरिएको चुनावी सभालाई सम्बोधन गर्न प्रधानमन्त्री देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड दाङ जादैहुनुहुन्छ । पोखराको सभालाई सम्बोधन गरेर देउवा र प्रचण्ड दाङ जान लाग्नुभएको हो ।

तुलसीपुरको अरनीको मैदान र घोराहीको जिल्ला समन्वय समितिको मैदानमा चुनावी सभा हुँदैछन् । घोराहीमा जिल्ला समन्वय समितिको दक्षिणतर्फको शहीद मञ्चमा हुने कार्यक्रमलाई नेताहरूले दिउँसो २ बजे सम्बोधन गर्ने तय भएको छ । देउवा र प्रचण्डसँगै का‌ंग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, नेकपा एकीकृत समाजवादीका उपमहासचिव डा। विजय पौडेललगायतका शीर्ष नेताहरू आउन लागेको संयुक्त गठबन्धन जिल्ला समन्वय समितिले जनाएको छ । अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार