मेयरमा निर्वाचित भएपछि केजरीवाललाई भेट्न जान्छु : विजय सुवेदी

चितवन । भरतपुर महानगरपालिकाका मेयरका उम्मेदवार विजय सुवेदीले आफू निर्वाचित भए सबैभन्दा पहिले भारत भ्रमणमा जाने र दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई भेट्ने बताउनुभएको छ ।

आइतबार भरतपुरमा नेकपा एमालेले आयोजना गरेको आमसभामा बोल्दै उहाँले निर्वाचित भएपछि सबैभन्दा पहिले भारत भ्रमणमा जाने बताउनुभयो । ‘म नगर प्रमुखमा निर्वाचित भएपछि सबैभन्दा पहिले भारत भ्रमणमा जान्छु । त्यहाँ गएर केजरीवाल भेट्न चाहन्छुु, नितिन गड्करीलाई भेट्न चाहन्छु’ उहाँले भन्नुभयो, ‘उहाँहरुले गरेको राम्रो काम सिक्छु, र उहाँलाई पनि ल्याउँछु ।’

उहाँले आफू चीन र अरु देशको पनि भ्रमणमा जाने र सबै देशको स्रोत साधन ल्याएर भरतपुर महानगरपालिकाको विकासमा लगाउने बताउनुभयो ।उम्मेदवार सुवेदीले मेयरमा निर्वाचित भए नेपाली कांग्रेस, माओवादी केन्द्र, राप्रपालगायत सबै पार्टीसँग सहकार्य गर्ने पनि बताउनुभयो । उहाँले भरतपुरमा एक वर्षमा ४ लाख विरुवा रोप्ने, प्लास्टिकमुक्त बनाउने, ढल प्रशोधन गरेर सफा पानी मात्र नदीमा मिसाउने योजना सुनाउनुभयो । अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार