लालकिशोर साहलाई पुनः जित्न गठबन्धनकै खड्गो

जनकपुर । जनकपुरधाम उपमहानगरपालिकाका निवर्तमान मेयर लालकिशोर साह जनकपुरका पेशेवर राजनीतिकर्मी हुनुहुन्छ । कलेज जीवनमा नेपाल विद्यार्थी संघ (नेविसंघ) जनकपुरकै रामसागर रामस्वरुप (रारा) बहुमुखी क्याम्पसको स्ववियू सभापति भइसकेका उहाँले २०४९ सालको स्थानीय निकाय निर्वाचनमा नेपाली कांग्रेसले टिकट नदिंदा उपमेयरमा स्वतन्त्र उम्मेदवारी दिएर जित्नुभएको थियो ।

२०५४ सालको स्थानीय निर्वाचनमा मेयरमा उठेर हारेका साह २०७४ मा भने भारी मतले जनकपुरधामको मेयरमा विजयी हुनुभयो । त्यसबेला उहाँ राजेन्द्र महतोको सद्भावना पार्टीसहित मधेशकेन्द्रित ६ दल मिलेर बनेको राष्ट्रिय जनता पार्टी (राजपा) को तर्फबाट मेयरमा उठ्नुभएको थियो । २०७४ मा २१ हजार ९०३ मतका साथ निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका मनोज साह (११ हजार १६४ मत)लाई हराएका लालकिशोर साह जनकपुरको मेयरमा दोस्रो कार्यकालका लागि जनता समाजवादी पार्टी (जसपा)बाट चुनावी मैदानमा छन् ।

उहाँमाथि गत कार्यकालमा व्यक्तिगत स्वार्थपूर्तिमा केन्द्रित भएको चर्को आरोप छ । तथापि, उहाँ अत्यधिक मतले मेयरमा दोहोरिने दावा गर्नुहुनछ ।‘जति सम्भव भयो, त्यति गरियो’ उहाँ भन्नुहुन्छ, ‘जनकपुरधाम रूपान्तरण भएको सबैले देखेकै छन् । अझ राम्रो बनाउनकै लागि फेरि मेयर बन्न चाहेको हुँ, जित्छु पनि ।’अवसरका लागि दल बदलमा माहिर उहाँ सत्तारुढ गठबन्धनका उम्मेदवार हुन् । यो उहाँको सबल पक्ष हो । गठबन्धनभित्रको मुख्य दल नेपाली कांग्रेसबाट मनोज साहले दिएको स्वतन्त्र उम्मेदवारी भने लालकिशोरका लागि चुनौती बनेको छ । अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार