युक्रेनमाथिको आक्रमण रुसको सुरक्षाका लागि सही : पुटिन

एजेन्सी । रुसी राजधानी मस्कोको रेड स्क्वायरमा आफ्नो विजय दिवसको भाषणमा राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा विशेष सैन्य कारबाही आवश्यक भएको बताउनुभएको छ । उहाँले रुसले सही समयमा यो निर्णय गरेको बताउनुभयो । पुटिनले यो निर्णयलाई स्वतन्त्र, बलियो र सार्वभौम राष्ट्रका लागि सही निर्णय भन्नुभएको छ ।

रुसी लडाकुहरूलाई सम्बोधन गर्दै पुटिनले आफूहरू रुसको सुरक्षाका लागि लडिरहेको बताउनुभयो । दोस्रो विश्वयुद्धमा नाजी जर्मनीमाथि रुसले गरेको विजयको सम्झनामा रुसमा विजय दिवस परेड मनाइन्छ। पुटिनले गत वर्षदेखि अन्य युरोपेली देशहरू र नाटोसँग तनाव उत्पन्न भएको स्वीकार गर्नुभयो। उहाँले रुसले युरोपलाई निष्पक्ष समाधान खोज्न अपिल गरेको तर युरोपले रुसको कुरा सुन्न नचाहेको बताउनुभयो।

पुटिनले भने कि युरोपले डोनबासमा कारबाही गर्ने योजना बनाइरहेको थियो, तर अब रुसको कारबाही त्यहीँ केन्द्रित छ। रुसका राष्ट्रपतिले भने– किभमा उनीहरूले परमाणु हतियार प्राप्त गर्न सक्ने भन्दै नेटोले हाम्रो नजिक जमिन खोज्न थाले। यो हाम्रो देश र हाम्रो सिमाना को लागी स्पष्ट खतरा भएको छ।

आफ्नो सम्बोधनका क्रममा पुटिनले दोस्रो विश्वयुद्धमा मारिएका रुसी र डोनबासमा लडिरहेका रुसी सैनिकहरूका लागि दुई मिनेट मौनधारण गर्न अपिल गर्नुभएको थियो । आफ्नो सम्बोधनमा पुटिनले पश्चिमी देशहरू रुसको कुरा सुन्न नचाहेको र फरक योजना रहेको बताउनुभयो । उहाँले पश्चिमा देशले हाम्रो भूमिमा आक्रमण गर्ने योजना बनाएको बताउनुभयो । मस्कोबाट बीबीसी संवाददाता विल भेर्ननले पुटिनले आफ्नो सम्बोधनमा अपेक्षित कुनै ठूलो घोषणा नगरेको बताउनुभएको छ । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार