रुममा कांग्रेसको चुनावी कार्यक्रम,‘हामी जनमतको कदर गर्छौं ’(तस्बिरहरु)

दरबाङ । म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर २ रुममा कांग्रेसले चुनावी कार्यक्रम गरेको छ । सोमबार आयोजित सभालाई कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा ‘खम्बीर’ले सम्बोधन गर्नुभयो । सभापति गर्बुजाले कांग्रेसको नेतृत्वमा विभिन्न समयमा ठुला परिवर्तनहरु सम्भव भएको बताउँदै राजनितिक स्थायीत्व ,दिगो विकास , सुशासन कायम गर्न र समृद्धीको लागि आगमी ३० बैशाखमा हुने निर्वाचनमा कांग्रेसका उम्मेदवारलाई जिताउन आग्रह गर्नुभयो । विपक्ष दलहरुले बृद्धा भक्ताको नाममा जनताहरु माझ भ्रम छरेको बताउँदै त्यसलाई चिर्न सबै कार्यकर्ता एक भएर लाग्न आग्रह गर्नुभयो ।कांग्रेसले युवा स्वरोजगार कार्यक्रमलाई प्राथमिकता दिएको उहाँको भनाई छ ।

गाउँपालिका अध्यक्ष पदका उम्मेद्वार श्रीप्रसाद रोका मगरले पहिलो कार्यकालमा समग्र विकासको जग बसाल्ने र सुशासन कायम गर्ने काम भएको उल्लेख गर्दैै आगमी कार्यक्रममा युवाहरुलाई रोजगारी दिने खालका योजना ल्याउने उद्घोष गर्नुभएको छ । २०७४ को निर्वाचनमा सबैको सहयोगले आफु निर्वाचित भएर पाँच बर्षे कार्यकाल सफलता पुर्वक सम्पन्न गर्न सकेको भन्दै धन्यवाद व्यक्त गर्नुभयो । अघिल्लो कार्यकालमा अधुरा योजनाहरुलाई पुरा गर्ने ,युवाहरुलाई स्वदेशमै बस्ने वातावरण बनाउन, समृद्ध पालिका निर्माणका लागि आफुले उम्मेद्वारी दिएको बताउनुभयो ।

पाँच वर्षे कार्यकालमा विकासका आधारभुत सुरक्षा, स्वास्थ्य, स्वच्छ खानेपानी, केन्द्रीय प्रसारण लाइनको विद्युतको पहुँच नपुगेका बस्तीमा स्थानीय उत्पादित लघुजलविद्युतको स्तरोन्नती तथा दुर्गम बस्तीमा सोलार वितरण लगायत सुविधा दिन सकिएको निवर्तमान गाउँपालिका अध्यक्ष समेत रहनुभएका अध्यक्षका उम्मेद्वार रोका मगरले बताउनुभयो । गाउँपालिकामा भएका हरेक गतिविधिलाई पारदर्शी बनाउने ,सुशासन कायम गर्ने प्रयत्न गरेको गरेको उहाँको भनाई छ ।

उहाँले वडा भित्र रहेका ढुंगा खानी उत्खननलाई बैधानिक बनाई युवाहरुलाई रोजगारी प्रदान गर्ने बताउनुभयो । आगमी कार्यकालमा जलविद्युत ,कृषि ,पर्यटन र जडिबुटी क्षेत्रमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले गाउँपालिकामा सबै खालका विभेद हटाउन पहल गर्ने बताउनुभयो ।अरुले जस्तो जनतालाई ठुला सपना देखाएर भ्रम छर्न नसके पनि आफुहरुले जनमतको कदर गर्ने अध्यक्षका उम्मेद्वार बताउनुभएको छ ।

विपक्ष दलहरुले बृद्धा भत्ता , दलित र जनजातीको नाममा भ्रम छर्ने काम गरेको बताउँदै भ्रममा नपर्न आग्रह गर्नुभयो । गाउँपालिकाबाट योजनाहरुको फाइल बोकेर जाँदा प्रदेश मन्त्रालयमा एमालेका सांसदहरुले असहयोग गरेको उहाँँले गुनासो व्यक्त गर्नुभयो ।‘पहिलो कार्यकालमा सिकाई र विकासका जग बसाल्नमै समय वित्यो ,’उहाँले भन्नुभयो ,‘आगमी कार्यकालमा विदेशीएका युवाहरुलाई स्वदेशमै फर्काउने र बेरोजगार युवाहरुलाई रोजगारीको वातावरण बनाउने हामिले योजना बनाएका छौं ।’

गाउँपालिका उपाध्यक्ष उम्मेद्वार पिपला बुढाले वडा अध्यक्षको भुमिकामा रहँदा सबै वडाबासीको अपेक्षा,माग र आवश्यकता बुझेर आफुले काम गरेको बताउनुभयो । गाउँपालिकालाई थप विकसित ,सुशासन र समृद्ध बनाउन आफुले उम्मेद्वारी दिएको बताउनुभयो । निवर्तमान वडा नम्बर ५ की वडा अध्यक्ष समेत रहनुभएकी उपाध्यक्ष उम्मेद्वार बुढाले गाउँपालिकामा महिलाहरुले पाउने सेवालाई सरल बनाउँदै न्यायीक सेवालाई समेत प्रभावकारी बनाउने उहाँले योजना सुनाउनुभयो ।

वडा अध्यक्षका उम्मेद्वार ताराबहादुर रोकाले वडाबासीको सुझाव ,आवश्यकता र समस्या बुझेर आफुले काम गर्ने उद्घोष गर्नुभयो । वडाको विकास र समाज परिवर्तनको लागि आफुले काम गर्ने उहाँको भनाई छ ।वडामा सुशासन ,जवाफदेहिता ,स्थानीयबासीको सहभागिता र योग्यतालाई प्राथमिकता दिने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो । युवा नेता रोका मगरले यसअघि भएका उपलब्धीहरुलाई संस्थागत गर्दै शिक्षा,स्वास्थ्य ,खानेपानी ,विद्युत लगायत क्षेत्रमा काम गर्ने बताउनुभयो । सुशासन कायम गर्ने ,युवा स्वरोजगार कार्यक्रम पुख्र्यौली पेशालाई संरक्षण,कला संस्कृतीको संरक्षण ,सबैखाले विभेद हटाउने ,पर्यटन प्रवद्र्धन लगायत प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा कांगे्रस म्याग्दीका पुर्व सहसभापति नेत्रबहादुर महत ,पुर्व प्रवक्ता तथा कांग्रेस नेता अजयमिलन श्रेष्ठले प्रदेशसभा खका सभापति तथा वडा नम्बर १ का वडा अध्यक्ष उम्मेद्वार टंकप्रसाद पुन ,मालिका गाउँपालिका निर्वाचन परिचालन समितिका संयोजक मोहन छन्त्याल ,कांग्रेस मालिका गाउँपालिकाका कार्यवाहक सभापति विरेन्द्र पुन ,महाधिवेशन प्रतिनिधि देबिका बुढा ,निर्वाचन परिचालन समिति सदस्य लेकबहादुर पुन ,महिला नेतृ बिमला रोका ,सपना रोका मगर ,स्थानीय रबिन्द्र शेरचन,थमबहादुर बिक ,मोहन पुन लगायतले गाउँपालिकाको समग्र विकास गर्न र सुशासन कायम गर्न कांग्रेसका उम्मेद्वारलाई भोट दिएर विजयी गराउन आह्वान गर्नुभयो । निर्वाचन परिचालन समितिका संयोजक छन्त्यालको सभापतित्व र कांग्रेस प्रदेशसभा खका सचिव हिराबहादुर पुनले कार्यक्रमको संचालन गर्नुभएको थियो ।सोमबारदेखि प्रचारप्रसार कार्यक्रम सम्पन्न भएको कांग्रेसले जनाएको छ ।

????????????????????????????????????

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार