कतारी राजकुमारी कञ्चनजङ्गा शिखरमा

काठमाडौँ । कतारी पर्वतारोही तथा राजकुमारी शेखा आश्मा अलथानी ८ हजार ५८६ मिटरको उचाइमा रहेको नेपाल र भारतको सीमाना बीचमा पर्ने विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्गाको शिखरमा पुग्ने पहिलो साउदी अरबी महिला बन्नुभएको छ ।

आफ्नो इन्स्टाग्राममा स्टाटस राख्दै शेखा आश्माले कञ्चनजङ्घा शिखरमा पुग्ने पहिलो अरब नागरिक हुन पाएकोमा गर्व लागेको बताउनुभएको हो । उहाँले आफ्नो पोष्टमा लेखेकी छन् ‘म केहि दिन विरामी परेकी थिएँ त्यसैले आँटेको हिमाल चढ्न सक्दिनकी झैं लागेको थियो । तर, जम्मा दुइ दिनमै भव्य कञ्चनजङ्घाको सफल आरोहण गर्यौं ।’

उहाँले अगाडि भन्नुभएको छ -हिमाल चढ्न सहज थिएन र यसले मलाइ अझै हिम्मत दिएको छ । कञ्चनजङ्घा विश्वको तेस्रो अग्लो हिमाल हो, यो हिमालको सफल आरोहणसँगै मेरो उत्साह बढेको छ र अझै उच्च शिखर चुम्ने बाटोमा अघि बढ्न प्रेरणा मिलेको छ ।’उहाँले आफ्नो सफलताका पछाडी बलियो टिमको साथ र सहयोग रहेको पनि उल्लेख गर्नुभएको छ ।

विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्न निर्मल पुर्जा लगायतका टीमसँग त्यसतर्फ प्रस्थान गरेकी कतारी राजकुमारी केहि समय हिमाल आरोहणमै रहने र सगरमाथा आरोहणको प्रयास गर्ने बताइएको छ । यसअघि शेखा आश्माले सगरमाथा आरोहणको प्रयास गरेकी थिइन, जुन सफल हुन सकेको थिएन । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार