हुम्लामा सीडीओदेखि सञ्चारकर्मीसम्मले गरे नमूना मतदान

हुम्ला । स्थानीय तहको निर्वाचनमा अभ्यासका लागि हुम्लामा प्रमुख जिल्ला अधिकारी सीडीओ, न्यायाधीशदेखि सञ्चारकर्मीसम्मले नमूना मतदानमा भाग लिएका छन् ।

स्थानीय तहको निर्वाचन ३ दिन मात्रै बाँकी रहेको समयमा हुम्लाको सदरमुकाम सिमकोटमा प्रमुख जिल्ला अधिकारी सीता परियार, न्यायाधीश जगतबहादुर पौडेल, नेपाल पत्रकार महासंघका अध्यक्ष राजन रावतदेखि लगायतले नमूना मतदान गर्नुभएको हो ।

सिमकोट गाउँपालिका ६ स्थित कालाशिल्ता आधारभूत विद्यालयमा भएको नमूना मतदान केन्द्रमा नमूना मतदान भएको हो । हुम्लामा मतदाता शिक्षा आवश्यक रहेको प्रमुख जिल्ला अधिकारी सीता परियारले जानकारी दिनुभयो । वृद्धवृद्धा अशक्त आशयका लागि मतदाता शिक्षा आवश्यक देखिएको प्रजिअ परियारको भनाइ छ ।

नेपाल पत्रकार महासंघ हुम्ला शाखाका अध्यक्ष राजन रावतले नमूना मतदान गर्दै हुम्लामा मतदाता शिक्षा आवश्यक देखिएको बताउनुभयो ।कालाशिल्ता आधारभूत विद्यालयमा नमूना मतदान गर्न पुगेका अध्यक्ष रावतले सर्वसाधारण नागरिकका लागि मतदाता शिक्षा अनिवार्य देखिएको बताउनुभयो । हुम्ला जिल्लामा धेरैजसो मतदाताले मत बदर गर्ने सम्भावना रहेको रावतले बताउनुभयो। अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार