काठमाडौंलाई कान्तिपुरी नगरी बनाउँछु : डंगोल

काठमाडौँ । नेकपा एमालेबाट काठमाडौं महानगरको उपमेयरकी उम्मेदवारी सुनिता डंगोलले काठमाडौंलाई मौलिक सहरको रुपमा विकास गर्ने प्रतिबद्धता जनाउनुभएको छ । काठमाडौंमा मंगलबार आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उहाँले विश्वको कुनै सहर जस्तो होइन काठमाडौंलाई कान्तिपुरी नगरीको रुपमा विकास गर्ने बताउनुभयो ।

‘काठमाडौंलाई कतिले विश्वका कुनै सहरजस्तो बनाउँछु ,’ उहाँले भन्नुभयो, ‘तर, काठमाडौंलाई कुनै विश्वको सहरजस्तो होइन काठमाडौं जस्तै, कान्तिपुर नगरी सहर बनाउँछु ।’ काठमाडौंको शिक्षा, स्वास्थ्य क्षेत्रमा विकास गर्ने भन्दै उहाँले देशको विकासकै लागि नै एमाले सरकारको आवश्यक रहेको बताउनुभयो । उहाँले विकास र समृद्धिको सपना पूरा गर्न एमालेलाई जिताउनुपर्ने बताउनुभयो । जनमतको कदर गर्ने र अपेक्षा पूरा गर्ने आश्वासन दिँदै उहाँले एमालेलाई मत दिन आह्वान गर्नुभएको छ । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार