मतदानको दिन पास नभएका सवारीसाधन सञ्चालनमा रोक

बेनी । आगामी बैशाख ३० गते हुन गईरहेको स्थानीय तह निर्वाचन मतदान हुने दिन सार्वजनिक सवारीसाधन  सञ्चालनमा रोक लगाइएको छ । मंगलबार जिल्ला प्रशासन कार्यलय म्याग्दीले जारी गरेको सुचनामा शुक्रबार विहान ४ बजे देखी साँझ ७ बजे सम्मा अत्यवश्यक सेवाको सवारीसाधन र पास उपलब्ध गराइएका बाहेक अन्य सवारीसाधन सञ्चालन गर्न नपाईने भएको हो ।
एम्बुलेन्स, शव बाहन, दमकल दुरसञ्चार सेवा तथा दुग्धजन्य सेवा बाहेक अनुमती नभएका अन्य सवारीसाधनलाई सुरक्षाकर्मीले रोक्ने प्रमुख जिल्ला अधिकारी चिरञ्जीवि रानाले बताउनु भयो । अत्यावसेक सेवाका सवारीसाधनले भने अनुमती लिनु पर्ने छैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार