एमाले र काँग्रेसका कार्यकर्ताबीच झडप हुँदा ६ जना घाइते

सुर्खेत । सुर्खेतको सिम्तामा एमाले र काँग्रेसका कार्यकर्ताबीच झडप हुँदा दुई एमाले कार्यकर्तासहित चार प्रहरी घाइते भएका छन् । गएराती साढे १० बजे सुर्खेतको सिम्ता गाउँपालिका–६ मा दुई पार्टीका कार्यकर्ताहरूबीच झडप भएको थियो ।

झडपमा एमाले समर्थक मानिने ३६ वर्षीय सुनिल विक र २४ वर्षीय इन्द्र विक घाइते भएका हुन् । उनीहरुको अहिले नेपालगन्जमा उपचार भइरहेको प्रहरीले जनाएको छ । ‘प्रहरीले सम्झाई बुझाई गर्दा काँग्रेसका कार्यकर्ता व्याक भए । तर एमाले कार्यकर्तालाई सम्झाई बुझाई गर्दा पनि नमान्दा प्रहरीतर्फ आक्रमण गर्ने प्रयास गरे।जसका कारण चार प्रहरी र दुई कार्यकर्ता सामान्य घाइते भएका छन्’ जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् डिएसपी रामप्रसाद घर्तीले भन्नुभयो । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार