पैसा बाँडेको आरोपमा मुस्लिम आयोगका अध्यक्ष अन्सारी पक्राउ

धनुषा । मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारी स्थानीय चुनावमा पैसा बाँडेको आरोपमा पक्राउ परेका छन् । जनकपुरधामस्थित सीताशरण होटेलबाट झोलासहित प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । उनलाई जिल्ला प्रहरी कार्यलयका डीएसपी प्रदीपबहादुर क्षेत्रीको टोलीले अन्सारीलाई पक्राउ गरेको छ । प्रहरीले यस विषयमा थप अनुसन्धान गरिरहेको जनाएको छ । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार