शशांक कोइरालाले काठमाडौंको भ्याली स्कुलबाट भोट हाल्ने

काठमाडौँ । नेपाली काँग्रेसका नेता शशांक कोइरालाले स्थानीय तह निर्वाचन काठमाडौंबाट भोट हाल्ने हुनुभएको छ । उहाँका प्रमुख स्वकीय सचिव भरत तिवारीका अनुसार कोइरालाले काठमाडौंको भ्याली स्कुलबाट मतदान गर्नुहुनेछ ।

नवलपरासीबाट संघीय निर्वाचन लड्दै आएका कोइरालाको मतदाता नामावली काठमाडौंमा रहेको छ । काठमाडौंको महाराजगञ्ज निवासी कोइरालाले शुक्रबार विहान ८ बजे भ्याली स्कुलको मतदान केन्द्रमा भोट हाल्ने तिवारीले बताउनुभयो । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार