मतदानपछि प्रचण्डले भने– आयोगको ८ घण्टे स्पष्टीकरणबारे थाहा छैन

चितवन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूसँग निर्वाचन आयोगले स्पष्टीकरण सोधेकोबारे केही जानकारी नरहेको बताउनुएको छ ।

भरतपुर–१४ स्थित नेपाल पुलिस स्कुल शान्तिपुरबाट मतदान केन्द्रको बुथबाट मतदान गरेपछि प्रतिक्रिया दिँदै उहाँले आयोगले स्पष्टीकरण सोधेको विषयमा जानकारी नरहेको बताउनुभएको हो । मौन अवधिमा मतदातालाई प्रभावित पाररेको भन्दै बिहीबार आयोगले प्रचण्डसँग स्पष्टीकरण सोधेको थियो । तर, शुक्रबार प्रचण्डले स्पष्टीकरण सोधेको विषयमा जानकारी नआएको बताउनुभएको हो ।

आफूले देश दुर्घटनामा जान्छ भनेर नभनेको बताएका प्रचण्डले भन्नुभयो, ‘मैले हँसिया हथौडामा भोट नहाले देश दुर्घटनामा जान्छ भनेको होइन । मेरो भनाइ तोडमरोड गरियो । हँसिया हथौडामा नहाले, रेणुलाई भोट नहाले देश दुर्घटनामा जाने भनेकै होइन ।’आफूलाई आयोगले स्पष्टीकरण सोधेको थाहा नपाएको बताएका प्रचण्डले भने, ‘८ घन्टे स्पष्टीकरणबारे थाहा छैन । सुनेको छैन ।’ नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार