मतदानपछि काठमाडौं मेयरकी उम्मेदवार सिंहले भनिन्- जित्छु भनेर ढुक्क छु

काठमाडौँ । काठमाडौं महानगरपालिकाकी मेयर उम्मेदवार सिर्जना सिंहले आफू जित्नेमा ढुक्क रहेको बताउनुभएको छ । उहाँले क्षेत्रपाटीको पक्नाजोल मतदानस्थलबाट मतदान गरेपछि प्रतिक्रिया दिनुभएको थियो ।

सत्ता गठबन्धनको तर्फबाट प्रमुखमा उम्मेदवारी दिनुभएकी कांग्रेस नेतृ सिंहले क्षेत्रपाटीको पक्नाजोल मतदान स्थलबाट मतदान गर्नुभएको हो । मतदान गरेपछि सञ्चारकर्मीहरूसँगको कुराकानीका क्रममा उहाँले काठमाडौंलाई व्यापारिक केन्द्र बनाउने बताउनुभयो । मेयरकी उम्मेदवार सिंहले देशमा कांग्रेसले मात्रै विकास र समृद्धि गर्ने भन्दै कांग्रेस र गठबन्धनका उम्मेदवारलाई भोट दिएर जिताउन आग्रह गर्नुभएको थियो ।

मेयरकी उम्मेदवार सिंहले भन्नुभयो, ‘म आफू जित्छु भनेर ढुक्क छु । हाम्रो पार्टी नेपाली कांग्रेसले मात्रै देशमा समृद्धि ल्याउँछस आर्थिक उन्नति गर्छ । त्यसैले नेपाली कांग्रेसका उम्मेदवार र गठबन्धनका उम्मेदवारलाई जिताइदिनु होला । काठमाडौंलाई व्यापारिक केन्द्र, पर्यटकीय केन्द्र बनाउन आएको छु । यहाँका समस्यालाई समाधान गर्छु । काठमाडौंलाई सफा गरेर देखाउँछु ।’ मेयरकी उम्मेदवार सिंहले आफ्नो जित सुनिश्चित भएको दाबी गर्दै जितपछि काठमाडौंका हरेक समस्या समाधान गर्ने बताउनुभयो । ekantipurबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार