जनताले भरतपुरको आगामी समृद्धिको लागि मलाई जिताउनुहुनेछ : दाहाल

काठमाडौँ । भरतपुर महानगरपालिकाकी मेयरकी उम्मेदवार रेणु दाहालले भरतपुर महानगरपालिकामा रहेको मतदान स्थलबाट स्थानीय निर्वाचनको मतदान गर्नुभएको छ ।

मतदान गरेपछि सञ्चारकर्मीहरुसँग बोल्दै उहाँले जनताले विगतको कामका मूल्यांकन गरेर आफूलाई जिताउनेमा विश्वस्त रहेको बताउनुभयो । मेयरकी उम्मेदवार उहाँले आगामी दिनमा भरतपुरको समृद्धिका लागि पनि आफूलाई मतदाताले जिताउने बताउनुभयो। उहाँले जितपछि भरतपुरलाई देशकै नमूना शहर बनाउने पनि घोषणा गर्नुभयो।

मेयरकी उम्मेदवार दाहालले भन्नुभयो, ‘हामी संघीयतापछिको दोस्रो स्थानीय तहको निर्वाचनमा छौँ। जनताले विगतको कामको मूल्यांकन र भरतपुरको आगामी समृद्धिको लागि मलाई जिताउनुहुनेछ। भरतपुर देशको एउटा नमूना शहर बनाउने कुरालाई बुझेर त्यो उद्देश्यका साथ मेरो उम्मेवारी हो। गठबन्धनले जित्नेमा म शतप्रतिशत ढुक्क छु।’

दाहाल सत्ता गठबन्धनमा माओवादी केन्द्रको तर्फबाट भरतपुर महानगरपालिकाको लागि प्रमुखमा उम्मेदवार हुनुहुन्छ। उहाँको मुख्य प्रतिष्पर्धीको रुपमा नेकपा एमालेबाट विजय सुवेदी र नेपाली काँग्रेसका स्वतन्त्र उम्मेवार जगन्नाथ पौडेल रहनुभएको छ । देशवासीले भरतपुर महानगरपालिकाको निर्वाचनलाई मुख्य चासोका साथ हेरेका छन्।nagariknews.nagariknetwork बाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार