जनताको माया पाएकी छु यो नै जितको ठूलो आधार होः सुनिता डंगोल

काठमाडौँ । नेकपा एमालेबाट काठमाडौं महानगरपालिकाको उपमेयरकी उम्मेदवार सुनिता डंगोलले स्थानीय तहको निर्वाचनमा मतदान गर्नुभएको छ । उहाँले लगनको फसीगा ननी चोकस्थित मतदान स्थलबाट मतदान गर्नुभएको हो ।

मतदानपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा आजको दिन मतादाताको एक भोटको पनि धेरै महत्वपूर्ण हुने भएकोले योग्य र मन परेको उम्मेदवारलाई भोट हाल्न आग्रह गर्नुभयो । उहाँले स्थानीय तहको निर्वाचनलाई लिएर आफू उत्साहीत रहेको र जनताको माया पाएकोले आफूले जित्नेमा विश्वस्त रहेको बताउनुभयो ।

उपमेयरकी उम्मेदवार डंगोलले भन्नुभयो, ‘अधिकारको प्रयोग गरेर मत हालौँ। म पनि एकदमै उत्साहीत छु। मैले जनताको माया पाएकी छु यो नै जितको ठूलो आधार हो।’ उपमेयरकी उम्मेदवार डंगोलले अबको केही दिनमा नै नतिजा आउने भएकोले संयमता अपनाएर बस्न र उचित उम्मेदवारलाई मतदान गर्न पनि आग्रह गर्नुभयो । स्थानीय तहको निर्वाचन आज देशभरका ७५० स्थानीय तहमा भइरहेको छ। nagariknews.nagariknetworkबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार