उपराष्ट्रपतिको वडामा माओवादी केन्द्रको प्यानल नै विजयी

रोल्पा । रोल्पा जिल्लाको माओवादी आधार क्षेत्रको रुपमा चिनिने परिवर्तन गाउँपालिकामा वडा नं २ मा माओवादीले पुरै विजयी भएको छ।

परिवर्तन गाउँपालिकाको वडा नम्बर २ राङ्सी मा विप्लव नेकपा,एमाले ,काङ्ग्रेस र माधव नेपाल समाजवादी गठबन्धनलाई हराउँदै एकल उम्मेदवारी दिनुभएका माओवादीका केन्द्रका हरिप्रसाद बुढाको प्यानल नै विजयी भएको छ । परिवर्तन २ मा बुढाले ९२९ मत ल्याएर विजयी हुनुभयो।

उहाँका निकटतम प्रतिद्वन्द्वी गठबन्धनका नन्दकिशोर डाँगी ६७५ मत ल्याउनुभयो। यो परिवर्तन गाउँपालिका वडा उपराष्ट्रपति नन्दबहादुर पुन त्यस्तै माओवादी केन्द्रकै केन्द्रीय नेताहरु जयपुरी घर्तीको वडा पर्छ । यहाँ माओवादी केन्द्र विरुद्ध सबै पार्टीहरू एक हुँदा पनि माओवादीको पुरै प्यानल विजयी हुन सफल भएको छ। रातोपाटीबाट

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार